नेपाल अनलाइन पत्रकार संघ गठन, अध्यक्षमा बागचन्द

धनगढी । अनलाईन पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले धनगढीमा अनलाईन पत्रकार संघ घठन गरिएको छ । मंगलबार धनगढीमा आयोजित अनलाईनकर्मीहरुको एक भेलाले उमिद बागचन्दको संयोजकत्वमा १९ सदस्यीय समिति चयन गरेको हो ।
समितिको सदस्यहरुमा शिवराज खत्री, गोबिन्द रोस्यारा, हरी जोशी, रामचन्द्र शाही, निराजन परियार, कृत बिष्ट, उन्नति चौधरी, मिलन परियार, भानुभक्त आचार्य, महेन्द्र बम, राम दहित, शंकर बोहोरा, योगेन्द्र नायक, केशव धामी, ज्ञानेन्द्र भट्ट, निर्मला खडायत, भवानी ऐर र सुनिल आउजी रहेका छन् । सदस्यहरुबाट नै पदाधिकारी चयन गर्ने र तत्कालै बिधान दर्ता गरि देशव्यापी रुपमा संगठन विस्तार गर्ने योजना रहेको छ ।

यसैबीच प्रथम भेलाको उद्घघाटन समारोहमा सरोकारवालाहरुले अनलाईन मिडियाको तिब्र गतिमा बिकास भए संगै यसलाई व्यवस्थित र विश्वसनिय बनाउन जरूरी रहेको औंल्याए । अनलाई मिडियाप्रति जनप्रतिनिधिहरु बढी सशंकित हुनुपरेको भन्दै बक्ताहरुले कसैलाई सिध्याउने उद्देश्यले भन्दा पनि सकरात्मक आलोचना गर्न सुझाव दिए ।

कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, विशिष्ट अतिथि नेपाली कांग्रेस प्रदेश सभा सदस्य भरतबहादुर खड्का र धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड, पत्रकारको पत्रकार मनमोहन स्वार, अर्जुन शाह र जगत साउदले शुभकामना मन्तव्य दिएका थिए ।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया