सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदुर पश्चिम प्रदेशका दुईवटा जिल्लामा परिवर्तन परियोजना शुरु

चैत्र १ गते डोटी । सुदुर पश्चिम प्रदेशका दुइवटा जिल्लामा परिवर्तन परियोजना शुरु भएको छ ।

विहिवार सिलगढीमा जिल्ला स्तरिय सरोकारवालाहरुसंगको परियोजना सम्वन्धि परिचयात्म गोष्ठिमा सुदुर पश्चिम प्रदेशका डोटी र अछाम जिल्लामा परीयोजना लागु भएको जानकारी गराएको हो ।
डोटीको शिखर नगरपालिका, जोरायल गाउँपालिका ,के. आइ.सिंह गाउँपालिका सम बिकास मार्फत र अछामको मंगलसेन नगरपालिका,पंचदेवल विनायक नगरपालिका र चौरपाटि गाउपालिकामा एम.डि.ओ. संस्था मार्फत परिवर्तन परियोजना लागू भएको इडिसिका परिवर्तन परियोजनाका जिल्ला संयोजक महेश परियारले जानकारी दिए ।


स्थानीय स्तरको शुशासन प्रक्रियामा सम्पूर्ण नागरिकहरुको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने प्रमुख उद्देश्यले परियोजना लागू भइरहेको समविकास केन्द्र डोटीका अध्यक्ष अधिराज विसीले बताए ।

परियोजनाअन्तर्गत नागरिक समाज संस्थाको क्षमता विकास तथा परिचालन, सार्वजनिक सेवामा नागरिकको पहुँच वृद्धि, नागरिक तथा स्थानीय सरकारसङ्ग समन्वय र सहकार्य गर्ने, विद्युतीय शुशासन प्रविधिको प्रवर्द्धन गर्दै सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्ने र जीविकोपार्जनका साथै नागरिक अभियानमा सहयोग गर्ने मुख्य कामहरु रहेकोे डिसिएका राष्ट्रिय निर्देशक डेभिड स्मिथले बताए । संस्थाले विगत १२ बर्ष देखि नेपालमा काम बिभिन्न क्षेत्रमा काम गर्दै आएको समेत स्मिथले बताए ।

परिवर्तन परियोजना लागु भएका ३ वटा स्थानीय तहमा थोरै भए पनि परिवर्तन हुने जिल्ला समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐरले बताए । तिन वटा स्थानिय तहमा लागु भएको परिवर्तन परियाजनले अन्य स्थानिय तह भन्दा फरक पना ल्याउनु आवश्यक रहेको समेत उनले बताए ।

परियोजनाभित्र धेरै विसय क्षेत्रमा काम गर्नुभन्दा एउटा कुनै विशेष विसयमा केन्द्रीत भएर काम गर्नसके राम्रो हुने डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । परियोजनाको नाम अनुसारा कार्यान्वयन गर्न अलि कठिन भएको समेत प्रमुख जिल्ला अधिकारी यादले बताए ।

परियोजनाले गर्ने कामबाट उपलब्धि देखिने गरि काम गर्न स्थानीय तहसङ्ग समन्वय र सहकार्य बढाउन दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले बताइन् ।

नवटा स्थानिय तहमा लागु भईरहेको परिवर्तन परीयोजनाले कार्यक्षेत्रका लक्षित वर्गमा बिशेष जोड दिनु पर्ने नेपाल पत्रकार महासंघका सह सचिव प्रकाश बलमे बताए । परियोजना अवधिमा समन्वय सहकार्य र सुझाव सल्लाहलाई मनन गरेर अगाढी बढे कार्यक्रमले सफलता पाउने समेत बमले बताए ।

सम विकास केन्द्रले बिगत देखि नै सुशासनका क्षेत्रमा उदारहणिय काम गर्दै र आगामि दिनमा पनि यस्तै तरीकाले काम गर्न गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु कठायतले सुझाए । आफुबाट हुने सहयोगका लागि तत्पर रहेकोे समेत उनले बताए ।

युरोपियन युनियनको आर्थिक सहयोग, डिसिएको व्यवस्थापन र इनलोगोजको प्राविधिक सहयोगमा सम विकास केन्द्र (इडिसि) नेपाल डोटीमार्फत परिवर्तन परियोजना फेवअरी २०१९ देखि डिसेम्बर २०२२ सम्म डोटीमा संचालन हुने सम विकास केन्द्र डोटीका अध्यक्ष अधिराज बिसिले बताए ।
कार्यक्रममा सहभागीहरुले परियोजनालागु भएका स्थानिय तहमा उदेश्य अनुरुप लक्षित बर्गलाई विशेष जोड दिनु पर्ने सुझाव सल्लाह दिएका थिए ।

  • १ चैत्र २०७५, शुक्रबार ०३:२३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU