बाजुराको कोल्टी क्षेत्र सञ्चार बिहिन

रमित बि.क. बाजुरा । सुदूरपश्चिम प्रदेश स्थित बाजुराको कोल्टी क्षेत्र सञ्चार बिहिन बनेको सातादिन बितेको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्ये चार वटा स्थानीय तह रहेको कोल्टी क्षेत्र टेलिफोन सेवा र इन्टरनेट सेवाबाट बिच्छेद बनेको साता बितिसक्दा पनि सुचारु हुन सकेको छैन् ।
कोल्टी क्षेत्रका बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिका सञ्चार सुविधाबाट बञ्चित भएका हुन् । घाम लागेको दिन मात्रै मोबाइलमा टावर आउने र बादल लाग्दा सञ्चार बिहिन सेवा अहिले भने राती आउने दिनमा जाने गरेको कोल्टीका पत्रकार धर्मलाल सुनारले जानकारी दिए ।
फोन नहुँदा स्थानीय तहका काम प्रभावित बनेका छन् । कुनै घटना, दुर्घटना हुँदा प्रहरीलाई खबर गर्न पनि समस्या हुने गरेको स्थानीयको गुनाँसो रहेको छ । पहिले घाम लाग्दा आउने सञ्चार सेवा अहिले घाम लागेको बेला पनि नआउने गरेको छ ।
उत्तरी क्षेत्रका बुढीनन्दा नगरपालिकाको कोल्टी घोडाकोट,हिमाली गाउँपालिका–६ गुम्लु र हिमाली गाउँपालिका–२ को कोटमा दुई वर्ष अघि रिपिटर टावर निर्माण भएका छन् । ती सबै टावर विद्युत सेवा नहुँदा सोलार प्रविधिबाट जडान गरिएका छन् । पहिला बिजुली बत्ती र घाम नलाग्दा प्रभावित बनेको सेवा अहिले भने घाम लाग्दा पनि प्रभावित हुदाँ आफुहरु चकित बनेको स्थानीय कृष्ण बोहराले बताएका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया