सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

‘न्यायलयले ठग्यो’ – लक्ष्मण थारु


धनगढी, २६ फागुन । टीकापुर हिंसात्मक घटनामा दोषी ठहर भइ ४२ महिना जेल सजाय काटेर थुनामुक्त भएका थरुहट पक्षधर नेता लक्ष्मण थारुले न्यायलयले आफूहरुलाई ठगेको बताए । सेन्ट्रल जेल काठमाण्डौंबाट थुनामुक्त भइ आइतबार धनगढी पुगेका नेता थारुले कैलाली जिल्ला अदालतको फैसलाले आफूलाई स्तब्ध बनाएको बताएउँदै अदालतको फैसलालाई सम्मान गर्दै जन्मकैद सजाय सुनाइएका सांसद् रेशम चौधरीसहित ११ जनालाई छुटाउनका लागि समयमै पुनरावेदन गर्नुपर्ने बताए ।

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसलाले शक्तिको भरमा आफूहरुलाई जेल कोचिएको बताए । ‘उच्च न्यायालयले हाम्रो राजनीतिक भविष्य द्धन्द्धमा धकेल्न सक्दैन भन्ने विश्वास छ’, धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘न्यायमूर्तिले अवश्य पनि बाँकी साथीहरुलाई पनि न्याय गर्नेछन् ।’

उनले भने यो देशका २५ लाख थारु आतंककारी होईन्, अरुको घर जलाउने र पसल लुट्ने डाँका होईनन् तर पनि छानी छानी जेल कोचियो ‘सिंहदरवारलाई उखेलेर मसानघाटसम्म पु¥याउने शक्ति थारु समुदायसंग छ, विगतमा भएको सम्झौताको लागि गम्भीर बन्न सरकारलाई आग्रह छ ।’ उनले सात प्रदेश कुनै पनि हालतमा नस्वीकार्ने उल्लेख गर्दै फेरी पनि शान्तिपूर्ण रुपमा विशाल आन्दोलन शुरु गर्ने घोषणा समेत गरेको बताए ।

संघर्ष समितिका कैलाली संयोजक कृष्णकुमार चौधरीले भने यो बेला संयमित भएर अगाडि बढ्नुपर्ने बताए । उनले अदालतको फैसला दुर्भाग्यपूर्ण हुँदाहुँदै चुप लागेर बस्नुपरेको बताए । उनले टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाएर जन्मकैद सुनाइएका ११ जनालाई रिहाई गर्न सरकारसँग मागसमेत गरे ।

थाकस कैलालीका कार्यबाहक अध्यक्ष माधव चौधरीले पनि हतारमा आन्दोलन गर्नुभन्दा पनि रणनीतिक हिसाबले अगाडि बढ्नुपर्ने बताए । अदालतको फैसला एकतर्फी आएको भन्दै उनले त्यसबाट थारुहरु विचलित नहुन आग्रह गरे ।

  • २६ फाल्गुन २०७५, आईतवार १४:०७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU