सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अपहरणमा परेकी सांसद मल्ल प्रहरीको सम्पर्कमा


डीबी बिष्ट, बझाङ । नचिनेका मान्छेको समूहको अपहरणमा परेकी सुदूरपश्चिम प्रदेशकी सांसद देवकी मल्ल प्रहरीको सम्पर्कमा आउनु भएको छ ।

बझाङका प्रहरी नायव उपरीक्षक प्रविण धितालले प्रदेश सांसद मल्ल अहिले आफूहरुको सम्पर्कमा आएको जानकारी दिए ।

मल्ललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले अपहरण गरेको बताइएको छ । शुक्रबार बिहान सांसद देवकी मल्लको सैसुबाट अपहरण भएको थियो ।

केही दिन अघि मात्रै विप्लव समर्थक अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सम्मेलनमा राज्यले अवरोध पुर्याएको, महिला सांसद भएर पनि निर्मला हत्या प्रकरणमा आवाज नउठाएको र नेकपाकी केन्द्रीय अध्यक्ष बिन्दु चन्दलाई गिरफ्तार गरेको र उनलाई तत्काल रिहाइ गर्नु पर्ने भन्दै सांसद मल्ललाई अपहरण गरेको विप्लव निकट स्रोतले जनाएको छ ।

तर सांसद मल्ललाई कसले र किन अपहरण गर्यो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक धितालले बताए ।

मल्ल विथ्थड चिर गाँउपालिकाले आयोजना गरेको नारी दिवसको कार्यक्रममा सहभागी हुन विथ्थडचिर गाँउपालिकाको सैसु भन्ने ठाँउ जाने क्रममा उहाँ अपहरणमा पर्नु भएको हो ।

मल्ल बझाङ ९ख० बाट गएको प्रदेशसभा चुनावमा तत्कालीन माओवादीबाट विजयी भएकी हुनु भएको थियो ।

  • २४ फाल्गुन २०७५, शुक्रबार ११:५९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU