१२ औँ राष्ट्रिय प्राङ्गगारिक मेलामामा देशभरबाट गौमुल गाउँपालिका दोस्रो
रमित बि.क. बाजुरा २२ फागुन । काठमाडौंमा आयोजना भएको १२ औँ राष्ट्रिय प्राङ्गगारिक मेलामा बाजुराबाट गौमुल गाउँपालिकाले खाद्य विधामा देशभरबाट दोस्रो स्थान हाँसिल गर्न सफल भएको छ ।

फागुन १७ गतेदेखि फागुन १९ गतेसम्म काठमाण्डौम सञ्चालन भएको मेलामा गौमुल गाउँपालिका ८ हजार नगद सहित सम्मान पत्र प्राप्त गर्दै दोस्रो स्थान हाँसिल गरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।
कार्यक्रममा सिंगो बाजुरा जिल्लाको सिंगो पहिचान हुने गरी तथा बिभिन्न किसिमका रैथाने बालीको कार्यक्रममा प्रर्दशन गरी हजारौंले प्रर्दशनीमा राखिएका बिभिन्न परिकारहरु अवलोकनका लागि राखिएका थिए ।
मानिसहरुको बाक्लो सहभागिता रहेको मेलामा गौमुल गाउँपालिकामा स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरु कोदो, फाँपर, चिनो कागुनो, सिमीको पीठो लगाएत बिभिन्न परिकारहरु कार्यक्रममा प्रर्दशनमा राखेको गौमुल गाउँपालिका कृर्षि विकास शाखा प्रमुख रमेश बि.क.ले बताउनुभएको छ ।
गौमुल गाउँपालिका ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको समेत प्राविधिक सहयोगमा जिल्लाको राष्ट्रिय स्तरमै प्रतिनिधित्व गर्ने गरी कार्यक्रममा गाउँपालिकाले सहभागिता जनाएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया