अंश लिने डरले गरिदैनन् बिवाह दर्ता
धनगढी २१ फागुन । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख तथा न्यायीक समितिका संयोजक सुशिला मिश्र भट्टले बेलैमा घटनादर्ता नहुदा न्याय सम्पादनमा कठिनाई भैरहेको बताएकी छन् ।

धनगढी उप–महानगरपालिकाको न्यायीक समितिले आयोजना गरेको घटनादर्ता सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टले सबैभन्दा बढी समस्या बिबहदर्ताको रहेको बताईन ।
न्यायीक समितिको संयोजक भएर काम गर्दा बुहारीले अंश लिने डरले बिवाह दर्ता नगरिदिएको समेत पाईयो, उप–प्रमुख भट्टले भनिन्‘बिवाह दर्ता नगर्नमा परिवारका अन्य सदस्यको समेत संलग्नता देखिन्छ ।
उप–प्रमुख भट्टले बिवाह दर्ता नभएका कारण छोराछोरीहरुको जन्मदर्ता समेत हुन सकेको थुप्रै घटना रहेको बताईन । उनले घटनादर्तालाई यस पालीको महिला दिवसमा अभियानकै रुपमा संचालन गर्नुपर्ने बताईन ।
उनले सबैभन्दा बढी समस्या प्रेम बिवाह, बाल बिवाह र अन्तरजातीय विबाह गर्नेहरु समस्यामा रहेको बताईन । न्यायीक समितिले घटनादर्ता नभएका कारण झेल्नु परेका समस्याहरुको निराकरण खोज्नका लागि कानुन ब्यावसायी र वडा अध्यक्ष संग अन्तरक्रिया गर्नुपरेको उप–प्रमुख भट्टले बताईन ।
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले घटनादर्ताका बारेमा सर्वसाधारणलाई जानकारी गराउन वडा अध्यक्षहरुलाई निर्देशन दिए ।
उनले भने, सबै नागरिकले यस बारेमा नबुझेका हुन सक्दछन् नगरप्रमुख वडले भने, बुझाउने काम जनप्रतिनिधीहरुको हो ।”
कानुन ब्यावसायी जुहारीलाल चौधरीले मुलुकी देवानी संहिता र घटना दर्ता ऐन बिच तालमेल नभएकाले सर्बसाधारण दुःख पाईरहेको बताए । उनले भने यो देशब्यापी समस्या भैसकेको छ ।
अर्का कानुन ब्यावसायी प्रयागराज भट्टले सबै कुरा कानुनमा टेकेर भन्दा पनि थोरै ब्यावहारीक भएर काम गर्दा समस्याहल हुन सक्ने बताए । उनले भने,‘वडा र स्थानीयको मुचुल्का अनुसार पनि काम गर्न सकिन्छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया