सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गाँउपालिका द्धारा महिला स्वास्थ्य स्वयम् सेविकालाई मोबाईल वितरण

डीबी विष्ट फागुन २० बझाङ । गाँउपालिकाले गाँउपालिका भरी रहेका सबै महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई मोबाईल वितरण गरेको छ ।

मष्टा गाँउपालिकाको आर्थिक सहयोगमा जनता संग अध्यक्ष कार्यक्रम अन्तरगत गाँउपालिका भरिका ३६ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सिमकार्ड सहितका मोबाईलसेटहरु वितरण गरेको हो ।

समाजमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुको ठुलो भुमिका खेलेकोे भन्दै गाँउपालिकाले सबै महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई नमस्ते र एनसिएलका सिमकार्ड सहित मोबाईल वितरण गरेको मष्टा गाँउपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतले बताए ।

गाँउमा भएका स्वास्थ्य सम्बन्धि समस्या र प्रत्यक गाँउ समाजमा भएका सकारात्मक तथा नकारात्मक गतिविधीहरुका बारेमा जानकारि दिने उदेश्यले मोबाईल वितरण गरेको हो ।
महिला स्वास्थ्य स्वयम् सेविकाहरुले समाजमा महत्वपुर्ण भुमिका खेलेका कारण प्रोत्साहन स्वरुप मोबाईल सेट वितरण गरेको हो । एक जना महिला स्वास्थ्य स्वयम् सेविका बराबर सीमकार्ड सहित ८ हजार १ सय १० रुपैया बराबरका मोबाईल वितरण गरिएको छ । गाँउपालिकाको झण्डै २ लाख ८४ हजार ७ सय ६० रुपैया बराबरको लागतमा मोबाईल सेट र ७ हजार २ सयका सिमकार्ड गरेर २ लाख ९१ हजार ८ सय १० रुपैया खर्च भएको जनाएको छ ।


आफुहरुले मोबाईल पाँउदा निकै खुःसि लागेको महिला स्वास्थ्य स्वयम् सेविकाहरुले बताएका छन् । मष्टा गाँउपालिका वडा नम्बर ३ की महिला स्वास्थ्य स्वयम्सेविका जुना कठायतले मोबाईल पाए पछि गाँउका समस्याहरु भन्न पनि सजिलो हुने बताईन् ।

यस्तै रिलुकी महिला स्वास्थ्य स्वयम् सेविका धौली देवि आग्रीले गाँउमा बालबालीकाहरुले खोप पाए नपाएको बारेमा जानकारि गराउन मोबाईले सजिलो हुने बताईन् । पहिला अरुको मोबाईल मागेर जानकारी गराउन्थ्यौँ आग्रीले भन्नु भयो अब आफ्नै हातमा मोबाईल भए पछि झन सजीलो हुने भयो ।

महिला स्वास्थ्य स्वयम् सेविका जमुना बोहराले भने बल्ल गाँउमा सरकार आएको अनुभुति आफुलाई भएको बताईन् । सुचना प्रविधिको युगमा समेत हामीले एउटा मोबाईल समेत खरिद गर्न सकेका थिएनौ उहाँले भन्नु भयो गाँउपालिकाले नै मोबाईल खरिद गरेर दिएको छ । यसले हामीहरुलाई ठुलो राहत पुगेको छ ।

शनिबार गाँउपालिकाले सुचना प्रविधि केन्द्रको औपचारीक उद्घाटन समेत गरेको थियो । साहारा नेपालको सहकार्यमा कार्यक्रमको उद्घाटन भएको उहाँले बताउनु भयो ।

सुचना प्रविधि केन्द्रले अब गाँउपालिकाका सबै गतिविधीहरु घरमा नै बसेर हेर्न सकिने भने पनि मोबाईल नभए पछि हामीलाई अलि समस्या हुन्छकी भन्ने सोच थियो ।

तर गाँउपालकाले नै मोबाईल खरिद गरि दिए पछि अब गाँउपालिकाका सबै निर्णयहरु मोबाईल एप्स बाट नै जानकारि लिन सकिने उहाँले बताईन् ।

  • २० फाल्गुन २०७५, सोमबार ०८:१० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU