बझाङमा वृद्ध महिला मृत अवस्थामा फेला
डीबी विष्ट फागुन १९ बझाङ । बझाङको दुर्गाथली गाँउपालिका वडा नम्बर ४ की ६२ बर्षिया रम्भा देवि भन्डारी मृत अवस्थामा फेला परेकी छन् ।

शनिबार घर बाट घाँस काट्न लागी निश्किएकी रजाडाकी रम्भा भण्डारीको लडेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भण्डारी एक्लै घरमा रहेको र उनका तिन छोरा बुहारी सबै रोजगारीका लागि भारत गएको बुझीन आएको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।

छोरा बुहारीलाई खबर भै सकेका कारण उनिहरु भारत बाट हिडी सकेको जनाईएको छ । घटना बारे थप अनुसन्धान भै रहेको डिएसपि धितालले बताए ।
मृतक भण्डारीको शरिर पोष्टमाटम गर्नका लागि जिल्ला अस्पतालमा राखीएको छ । भारत बाट छोरा बुहारी आए पछि मात्रै पोष्टमाटम गरिने जनाईएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया