कार्यालयमा पुगेका विद्यार्थीले भने- प्रहरी हाम्रै दाजु भाई दिदि बहिनी
डीबी विष्ट फागुन १७ बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङमा पुगेका विद्यार्थिहरुले प्रहरी अरुकोही नभएर आफ्नै दाजु भाई तथा दिदी बहिनी भएको र उनिहरुलाई सहयोग गर्नु पर्ने बताएका छन् ।

प्रहरी अलि फरक हुन्छन् , खतरनाक हुन्छन् भन्ने सोच थियो । यो सबै भ्रम मात्र रहेछ । सत्यबादी उमावि कक्षा १० मा अध्यनरत छात्रा रमिला धामीले बताईन् । प्रहरी देख्ने वित्तीकै मनमा अलिकती डर लाग्ने गरेको थियो ।
तर यो सबै मनको बाघले म आफैलाई खाएको रहेछ । वास्तवमा प्रहरी हाम्रै दाजु भाई र दिदि बहिनी सरह हुँदा रहेछन् । प्रहरी देख्ने वित्तीकै हामीले डर मान्नु पर्ने कुनै जरुरी नै रहेन छ । प्रहरी संगको अन्तरक्रिया कार्याक्रममा सहभागि भएकी धामीले भन्नु भयो । प्रहरीलाई हामीले नै सहयोग गर्नु आवष्यक रहेछ ।
सानै उमेर छदा घर परिवारका सदस्यहरुले प्रहरी आयो तिमीलाई लैजान्छ । प्रहरीले कुटपिट गर्छ जेल लैजान्छ भन्दै डर देखाएका कारण अहिले सम्म पनि हामी जस्तै धेरैको मनमा प्रहरी भन्ने वित्तीकै अपराध र अपराधिक गतिविधी सम्झने गर्छौ । तर यस्तो हाम्रो सोचाई मात्रै रहेछ, कक्षा ९ अध्यानरत छात्रा अनुस्का जोशिले भनिन् “ समाजलाई सकारात्मक तर्फ लैजानमा प्रहरीको ठुलो हात पनि हुँदो रहेछ । हाम्रो समाजमा हुने अपराधिक गतिविधी का साथै विभिन्न हिंशाहरु न्युनिकरण गर्ने र हाम्रो सुरक्षागर्न पनि प्रहरीको ठुुलो हात रहेछ । यो कुरा आफुहरुले समाजमा गएर भन्न आवष्यक रहेको उहाँको भनाई छ ”
यस्तै प्रहरीले ठुला बडा र राजनितिक दलका ठुला ब्यक्तीहरुको भनेको मात्र मान्छन् भन्ने सोच मेरो थियो । सत्यबादी उमावि कक्षा ९ मा अध्यनरत छात्र सागर बोहराले भन्नु भयो “सत्य कुरामा सबैको भनेको लाग्दो रहेछ । असत्य छ भन कुनै मन्त्री वा जो सुकै भए पनि केही लाग्दो रहेन छ आज आएर बल्ल थाहा भयो ।”

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शुक्रबार गरिएको कार्यक्रमले आफुहरुलाई ठुलो उपलब्धी भएको छात्रा बविता खड्काले बताईन् । जिल्ला प्रहरी कार्यालयमा नै पुगेर सबै फाँटहरुमा कसरी काम गरिन्छ के के काम प्रहरीले गर्नु पर्दो रहेछ ? लगायतका कुराहरुको ज्ञान आफुले पाएको बताईन् । साथै यस बाट समाजमा कुनै घटना घटे प्रहरीलाई सबै भन्दा पहिला जानकारि गराउनु पर्ने कुराको समेत ज्ञान आफुले पाएको बताईन् ।
समाजमा महिला माथि दिनहुँ जस्तो हिंशा भै रहेको हुन्छ तर महिलाहरु त्यो हिशां सहेर बस्न बाध्य छन् । यसका लागि जिल्ला प्रहरी कार्यालय सम्म हामीले जानकारि मात्रै गरि दिए अन्यायमा परेकाले न्याय पाउने बताईन् ।
यता जल्ला प्रहरी कार्यलयमा कार्यलय प्रमुख प्रहरी नायब उपरिक्षक प्रविण धितालले समाजमा प्रहरी डरको रुपमा हेर्ने गरेका कारण यसलाई चिर्न पनी अहिले समाजका दुरदराजमा रहेका स्थानिय र विद्यार्थिहरु संग अन्तरक्रिया कार्यक्रमहरु संचालन गर्दै आएको बताए । यसले समाज हुने कुरीति कुसंस्कार तथा अबैध गतिविधिका साथै अपराधिक गतिविधिहरु नियन्त्रण गर्नमा सहयोग पुग्ने डिएसपि धितालको भनाई छ । अब उक्त कार्यक्रमहरु सबै विद्यालयहरुमा लैजाने उहाँले बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया