सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बढालेक दशरथ धार्मीक तथा शैक्षिक महोत्सवको तयारी तिब्र

रमित बि.क.बाजुरा । बढालेक दशरथ धार्मीक तथा शैक्षिक महोत्सवको तयारी तिब्र पारिएको छ ।

विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि खप्तड छेडेदह गाउँपालिका ७ स्थित दशरथ मावि आटीचौरमा लाग्ने धार्मीक तथा शैक्षिक महोत्सवको आयोजक समितिले तयारी तिब्र पारेको छ ।

महोत्सव फागुन १४ देखि २१ गतेसम्म सञ्चालन हुनेछ । हालसम्म ७ सय बढी कशल संकलन गरिसकेको छ, भने २ लाख बढीको आर्थिक सहयोग पनि संकलन गरिसकेको विद्यालयले बताएको छ ।
विद्यालयको खेल मैदानको स्तरोन्नी र विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि महोत्सव सञ्चालन गर्न लागिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिर्घमति देवी ओलीले बताएकी छन् । महोत्सव हिन्दुहरुको ठूलो पर्व महाशिवरात्री मेलाको अवसर पारी आठ दिनसम्म चल्ने भएको छ । विद्यालयको शैक्षिक सुधार, सकारात्मक सोचाइ र ज्ञान आर्जनमा केन्द्रीत गरेर महोत्सव आयोजना गर्न लागिएको विद्यालयका प्रअ खडक सिंह विष्टले बताएका छन् ।
विद्यालयले सु–संस्कार समाज निर्माण अभियान नेपालसँगको सहकार्यमा महोत्सव गर्न लागिएको हो । महोत्सव आयोजक कमिटीले विभिन्न ठाउँमा आर्थिक श्रोत संकलनका लागि टोली खटाएको छ । आयोजक समिति संयोजक लालबहादुर खड्का, रणबहादुर ओली सहीतको टोली भारतका विभिन्न शहरमा नेपालीसँग श्रोत संकलनमा जुटेका छन् । भने अन्य समिति सदस्य तथा विव्यस समितिका पदाधिकारी जिल्ला भित्र कशस अभियान, चन्द्रा संकलनमा जुटिरहेका छन् ।
गाउँपालिका भित्रकै प्रतिष्ठाको विषय बनिरहेको महोत्सव समारोहलाई भव्य र व्यवस्थीत गर्न र उपलब्धी मुलक बनाउने गरि स्थानीय तह, प्रदेश सरकार तथा जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकाय बीच परामर्श र छलफलका गतिविधि पनि भईरहेको आयोजक समिति उपसंयोजक खगेन्द्र नाथले बताएका छन् ।
विशुद्ध धर्म र धार्मीकतासँग जोडिएका प्रवचन मात्र नभई समाज विकास, आदर सत्कार, परिवारीक सद्भाव सिर्जना तथा अभिभावक, बुबाआमा प्रतिको श्रद्धा भावको महत्व जस्ता सतचरित्र निर्माणका गतिविधि सञ्चालन गरिने सु–संस्कार समाज निर्माण अभियान नेपालका अध्यक्ष शिविर साधकले बताएका छन् । सकारात्मक समाज निर्माणका लागि प्रवचन मार्फत धारणा विकासमा जोड दिन र विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन महोत्सव गर्न लागिएको हो ।
महोत्सवको अवसरमा भजन किर्तन, जीवन उपयोगी प्रवचन, नाचगानका साथ विवाह, तुलादान, ब्रतबन्ध सहीतका धार्मीक कार्यपनि गरिने छ । भव्य खेल मैदान भएको विद्यालयमा छात्रा निर्माण, कृषि तथा भेटेरिनरी तर्फको कक्षा सञ्चालन, खेल मैदानको पर्खाल तथा प्याराफिट निर्माण सहीतका गतिविधिलाई केन्द्र भागमा राखेर महोत्सव गर्न लागिएको विद्यालयका शिक्षक प्रेमबहादुर ओलीले बताएका छन् । मुल आयोजक कमिटीले स्थानीय तहका जनप्रतिनिधी राजनीतिक दल अभिभावक सबै निकायसँगको सहकार्य र आर्थिक तथा अन्य व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी निर्वाह गर्ने भएको छ ।
मन्त्री शाहले उद्घाटन गर्ने
बढालेक दशरथ धार्मीक तथा शैक्षिक महोत्सवको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उद्घाटन गर्नु हुने भएको छ । फागुन १४ गतेदेखि फागुन २१ गते सम्म विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि खप्तड छेडेदह गाउँपालिका ७ स्थित दशरथ मावि आटीचौरमा लाग्ने धार्मीक तथा शैक्षिक महोत्सवको मन्त्री शाहले उद्घाटन गर्ने आयोजक समिति उपसंयोजक खगेन्द्र नाथले बताउनुभएको छ ।

  • १४ फाल्गुन २०७५, मंगलवार ०४:१० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU