बझाङमा लागु औषध चरेश सहित एक जना पक्राउ
डीबी विष्ट, बझाङ । झाङमा लागु औषध चरेश सहित एक जना पक्राउ परेका छन् ।

जयपृथ्वी नगरपालिका वडा नम्बर १० चौगाउ टोल बाट सुर्मा गाँउपालिका वडा नम्बर ३ गैरी गाँउ घर भएका ३३ बर्षिया जय बहादुर विक पक्राउ परेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताउनु भयो ।
आफ्नो होटलमा लागु औषध चरेश विक्री गरि रहेको अवस्थामा २ सय ४५ ग्राम लागु औषध चरेश सहित विकलाई पक्राउ गरेको डिएपि धिताले बताए । विकलाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखी आवष्यक थप अनुसन्धान भै रहेको बताईएको छ ।
पछिल्लो समयमा प्रहरीको सक्रियतामा जिल्लामा हुने अबैध गतिविधी नियन्त्रण हुदै जान थालेका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया