कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनगढी, १३ फागुन । कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । जिल्लाको गोदावरी नगरपालिका स्थित गोदावरी नदी नजिकै मोटरसाईकल दुर्घटना हुँदा सोही नगरपालिका १ बस्ने २३ वर्षीय ललित खड्काको ज्यान गएको हो ।

प्रहरीका अनुसार गोदावरीदेखि अत्तरियातर्फ आईरहेको से ५ प ९४६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते खड्कालाई अत्तरिया स्थित पदमा अस्पतालबाट रेफर गरिएको थियो। तर उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया