बलात्कारको आरोपमा एक जना पक्राउ
रमित बि.क.बाजुरा ११ फागुन । जबरजस्ती करणी गरेको अरोपमा एक जना युवा पक्राउ परेका छन् । बाजुराको त्रिबेणी नगरपालिका–८ का ५८ वर्षीय राम बहादुर गिरीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी श्रोतका अनुसार शाररीक तथा मानसिक अवस्था कमजोर भएकी राम्ररी बोल्न नसक्ने ४५ बर्षिया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिनुभएको छ । शुक्रबार दिउँसो महिलाको कोठामा प्रवेश गरेर जबरजस्ती करणी गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।
जबरजस्ती करणी गरेका गिरीलार्ई घटना घटेको एक घण्टा भित्रै पक्राउ गरी पीडित र अभियुक्तको स्वास्थ्य परीक्षण कार्य सम्पन्न गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया