सुशासन र जवाफदेही कामय गर्न प्रतिबद्ध छु नगर प्रमुख -देउवा
धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा साझा सभा सम्पन्न भएको छ । पारस्पारिक जवाफदेहीता परियोजना अन्र्तगत एफएमडिसीले आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

साझा सभा कार्यक्रमा सरोकारवाला निकायबाट उठेका सवालको जवाफ दिदै गौरीगंगा नगरपालिकाका नगर प्रमुख भिमबहादुर देउवाले नगरको बिकास र सुशासन कायम गर्न आफु प्रतिबद्ध भएको बताए ।
पछिल्लो समयमा थारु समुदायमा देखिएको सिकलसेल एनिमिया बिरामीका लागी नगरपालिकाकाले आगामी बजेटमा आवश्यक बजेट छुट्याउने बताए ।
कार्यक्रममा बोल्दै उनले थारु समुदायको सिकलसेल एनिमिया थाहा पाउन सम्पुर्णको स्वास्थ्य परिक्षण गर्ने सहयोग गर्ने बताए । केही समय अगाडी वडा नम्बर ११ का १ सय ४ जना थारु समुदायका ब्यक्तीहरुलाई घोडाघोडी अस्पतालमा परिक्षण गरिएको थियो भने त्यसबाट १६ जनामा सिकलसेलको समस्या देखिएको थियो ।
त्यस्तै मसुरिया बजारमा खानेपानीको समस्या, वडा नम्बर ११ मा स्वास्थ्य खोप केन्द्र, बिजुली नपुगेको, नदीमा पुल नभएको गत बर्ष मात्र ३ जना बिद्यार्थीको नदीले बगाएर मुत्यु भएको लगाएत सवालहरु उठेका थिए ।
नगर प्रमुख देउवाले यो बिषयमा नगरपालिका जानकार भएको भन्दै समस्याको समाधान गर्न काम अगाडी बढी सकेको बताए । नगरपालिकालाई जवाफदेहि र जिम्मेवार बनाउ र प्रारदर्शी बनाउन आफु प्रतिबद्ध भएको बताए ।
त्यस्तै एफएमडिसीका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार उमीद बागचन्दले नगरपालिका कामलाई प्रभावकारी बनाउन सम्पुर्ण जिम्मेवार बन्नुपर्ने बताए । उनले नगरपालिकाका काम कारर्वाहीहरु हरेक नागरिकले थाहा पाउनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख भिमबहादुर देउवा,बिशिष्ट अतिथी उप प्रमुख अञ्चला चौधरी लगाए सम्पुर्ण वडा अध्यक्ष तथा बिषयगत प्रमुखहरु, पत्रकार नागरिक समाज लगाएका व्यक्तीहरुको सहभागिता रहेको थियो । एफएमडिसीका कार्यकारी निर्देशक उमीद बागचन्दको अध्यक्षतामा भएको कार्यक्रमको उदेश्य बारे संस्थाका कार्यक्रम संयोजक ओम जोशीले गरेका थिए भने कार्यक्रमको सञ्चालन अभियान अधिकारी निराजन परियारले गरेका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया