सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

आयोगको तयारी गर्न गाउँपालिका अध्यक्ष द्धारा एक महिनाको तलब सहयोग

डीवि विष्ट फागुन ८ बझाङ । खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले यहाँको एक जना गरिब तथा जेहेन्दार पढेलेखेको युवालाई लोकसेवाको तयारी कक्षा गर्नका लागी आफ्नो एक महिनाको पारिश्रमिक सहयोग स्वरुप दिएका छन् ।

खप्तड छान्ना गाउँपालिका ५ मोतुवा घर भएका भक्त बहादुर सिंहका कान्छा छोरा बिनय बहादुर सिंहलाई धनगढीमा लोकसेवाको तयारी कक्षा पढ्नका लागी मंगलबार गाउँपालिका कार्यालयमा नगद तिस हजार सहयोग गरेका हुन ।

धनगढीमा एच. ए. पास गरेर जागिर नपाएको र माथिल्लो कक्षा पढन् घरको आय स्रोत नभएको हुदा बिनयका बुवा भक्त बहादुर सिंहले आफ्नो छोराको पढाईको अबस्था र घरको पारिबारिक समस्या बारे गाउँपालिका अध्यक्ष रोकाया संग जानकारी गराए पछि अध्यक्ष रोकायाले सहयोग गरेका हुन ।

घरमा जग्गा जमिन पनि नभएका सिंह गाउँकै सबै भन्दा गरिब परिबारका हुन् । अरु छोरा भन्दा पढाईमा बिनय तेजिलो हो भक्त बहादुर सिंहले भन्नुभयो पैसा नभएर साह्रै समस्या थियो घरमा बोलाउने सोचेको थिए अध्यक्ष ले सहयोग गरेपछि धनगढी मै बसेर केहि महिना अब लोकसेवाको तयारी कक्षा गर्न लगाउन्छु ।

गत बर्ष मै हेल्थ असिस्टेन्ड प्रथम श्रेणीमा पास गरेका बिनयले लोकसेवाको तयारी कक्षा लिने सोच गरेका भएपनि घरबाट बुवाले पैसा नपठाउदा पढ्न सकेका थिएन ।
हाई स्कुलको शिक्षा स्थानीय खप्तड माबि कालुखेती बाट प्रथम श्रेणीमा पास गरेपछि एच ए पढनका लागी पनि उहाँले सरकारी कोटामा छात्रबृद्धीमा नाम निकालेर धननगढी पढेका थिए
खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले गाउँपालका भित्र बिनय जस्ता युवाहहरु पढाईमा अब्बल भएका धेरै छन् । उनिहरुका लागी गाउँपालिकामै आउदो वर्षदेखी लोकसेवाको तयारी कक्षा संचालन गर्नु आवस्यक छ ।

व्यक्ति पीच्छे सहयोग गर्नु भन्दा युवाहरुका लागी लोकसेवा कक्षा संचालन गर्नु आवस्यक भएको युवाहरुको भनाई छ । गाँउका गरिब दुखीहरुको सेवा गर्ने परोपकारी मन भएका अध्यक्ष रोकायाले यस अगाडी पनि आफ्नो पारिश्रमिकवाट स्थानीय जगदीश्वर सामुदायिक बनको घेरबारका लागी बिस हजार नगद सहयोग गर्नु भएको थियो ।

गाउँपालिका भित्रका अगुवा कृषक समेत रहेका अध्यक्ष वर्क रोकाया तरकारी फलफुल विक्री गरेर मात्र बार्षिक ४।५ लाख कमाउने गर्दछन् । फुर्सदमा उहाँ जहिले पनि आफ्नो तरकारी फलफुल बगैचामै काम गरेका भेटिन्छन् ।

संकटकालमा तत्कालिन माओवादीले कुटपिट गरेर मर्नबाट बाचेका रोकाया यो जिवन उपहार भएको भन्दै जनसेवामै बढी तत्लीन छन् ।

  • ८ फाल्गुन २०७५, बुधबार १३:४६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU