गाउँपालिकाका अध्यक्षको पहलमा सुत्केरीको उद्दार
रमित बि.क. बाजुरा ८ फागुन । गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाको पहलमा सत्केरीको उद्दार गरिएको छ ।

गौमुल गाउँपालिका–१ अन्द्राडीकी २२ बर्षिया अञ्जना बोहराको सुत्केरी भएको एक हप्ता भितिसक्दा पनि सालनाल अड्किएपछि बुधबार थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको हो ।
सुत्केरी भएको एक हप्ता बितेको र सालनाल समेत ननिस्केर सुत्केरी महिला मरण अवस्थामा रहेको बेला उद्दार गरिएको गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताए ।
सुत्केरी भएको हप्ता दिन बितेको र साल नझरेर रगत बगिरहेकोले जिल्ला अस्पतालमा पनि उपचार गर्न सम्भव नभएकाले काठमाण्डौ पठाईएको गाउँपालिकाका उपाध्यक्ष सिता थापाले बताईन् ।

‘सुत्केरी रगत धेरै बगेको छ २ दिन भयो बोल्न समेत सकेकी छैनन् आफन्त राम बहादुर बोहराले बताए ।
उनले,‘भने हामीले अस्ति नै उपचार हुदैँन भनेर चित्त ठोकी बसेका थियौँ तर एक्कासी हेलिकप्टर आएर सुत्केरी लिएर गयो अब बाच्छन् की भनेर आशा पलाएका बताए । ‘हामीलाई स्वास्थ्य चौकी जान कम्तिमा ४ घण्टा लाग्छ,जिल्ला अस्पताल पुग्न अढाई दिन लाग्ने समस्या रहेको बताए ।
आज नै नेपाली सेनाको हेलिकप्टर विकट गाउँ अन्द्राडीमा पुगेर सुत्केरीलाई काठमाण्डौँ लगिएको छ ।
सुत्केरीले विगत ३ दिन देखि लगातार रगत बगिरेहेपछि बोलचाल समेत गर्ने छोडेको आफन्त आफ्न्त धनबहादुर बोहराले बताए । जिल्लामा उपचार सम्भव थिएन् बिरामी सिकिस्त थिईन् उनले बताए । यस अघि जिल्ला अधिकांस विकट गाउँका सुत्केरी आमाहरुले उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया