घुस लिँदालिँदै सवइञ्जिनियर पक्राउ
खेम जोशी महेन्द्रनगर । कंचनपुरको बेलौरी नगरपालिकाका एक कर्मचारी ६० हजार रुपैयाँ घुस सहित पक्राउ परेका छ्न।
अख्तियारको टोलीले बेलौरी नगरपालिकाका सवइञ्जिनियर हृदयराज बजगाईं लाई पक्राउ गरेको हो।
उनले कल्भर्ट निर्माण उपभोक्ता समितिबाट बिल पास गराइदिएबापत कमिशन रकम लिँदालिँदै आइतबार दिउँसो कार्यकक्षबाटै अख्तियारको टोलीले पक्राउ गरेको हो।
अख्तियारका डिएसपी प्रेम बस्नेतको टोलीले बजागाईंलाई पक्राउ गरेको थियो। अख्तियारका सूचना अधिकारी राजन नेपालले सव ईञ्जिनियर बजगाईंविरुद्ध २४ घण्टा भित्र विशेष अदालतमा मुद्धा दर्ता गरिने जानकारी दिए।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया