विद्यालयहरु बिचको मतभेद हुनुहुदैन, नगरप्रमुख
धनगढी ५ फागुन । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सामुदायीक र निजी विद्यालय बिच मतभेद हुन नहुने बताएका छन् ।

धनगढीको क्याम्पस रोड स्थीत ऐरिस्टो ईङ्गलिस स्कुलको रजत जयन्तीमा बोल्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । उनले धनगढी उप–महानगरपालिकाले निजी र सामुदायीक विद्यालयहरुको ब्यबस्थापनका लागि नगर शिक्षा ऐन ल्याईसकेका ले चाँडै कार्यान्वयनमा ल्याउने बताए । सामुदायीक विद्यालय सरह निजी विद्यालयको नियमन समेत गरिने छ नगरप्रमुख वडले भने, निजी विद्यालयले गरेका राम्रा अभ्यासहरु सामुदायीक विद्यालयहरुले पनि सिक्न सक्दछन् ।
नगरप्रमुख वडले निजी र सामुदायीक विद्यालय एक अर्काका परिपुरक भएको बताए । उनले भने,सार्वजनिक निजी साझेदारीमा हामी जान चाहिरहेका बेला निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुदैन ।
नगरप्रमुख वडले सामुदायीक विद्यालयको पढाई गुणस्तर बढाउने र अभिभावकको बिश्वास बढाउनका लागि आफु लागिपरेको बताए । नगरप्रमुख वडले पढाईको गुणस्तरमा सुधार गर्ने सामुदायीक विद्यालयलाई सहयोग बढाएर दिने बताएका छन् ।
उनले अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय सरकारको विद्यालयको पढाई सुधार गर्न सामान भूमिका रहेको बताए । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले एरिष्टो स्कुलले गुणस्तरीय शिक्षा दिन सकेको भन्दै प्रशंसा गर्नुभयो ।
निजी विद्यालयले देशमा विद्यालयको आवश्यकता परिपूर्ती गरिदिएको छ उप–प्रमुख भट्टले भनिन्,निजी विद्यालयलाई पनि अझै ब्यबस्थीत बनाउदै लैजानुपर्छ ।
फोटो क्याप्सन ः धनगढीको क्याम्पस रोड स्थीत ऐरिस्टो ईङ्गलिस स्कुलको रजत जयन्तीको उद्घाटन गर्दै नगरप्रमुख ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया