सेती नदीमा निरन्तर र्याफ्टीङ
डोटी २ फागुन । सुदूरपश्चिम प्रादेशिक महोत्सवका अवसरमा सेती नदीमा र्याफ्टीङ चलिरहेको छ । महोत्सवको मूख्य आकर्षणका रुपमा सेती नदीमा र्याफ्टीङ चलिरहेको हो ।

डोटी उद्योग वाणिज्य संघले महोत्सवका अवसरमा २०६९ सालदेखी नै र्याफ्टीङ सञ्चालन गर्दै आएको छ । बिगतबर्षझैँ यसवर्षपनि सेती नदीमा र्याफ्टीङको सम्भावना प्रबद्र्धन गर्ने उद्देश्यले र्याफ्टीङ सञ्चालन गरिरहेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले बताए ।
र्याप्टिङ सयर गर्ने क्रममा डोटिका प्रमुख जिल्ला अधिकारी यादब सुबेदिले डोटि जिल्ला पर्यटनको प्रचुर सम्भावना बोकेको छ । पर्यटक भित्र्याउन शिखर नगरपालिका देखि र्याप्टिङ्गको यात्रा दिपायल सम्म बनाई शैलेश्वरि दर्शन गरायर खप्तड प्रबेश गराउन उचित हुन्छ, र याहाका होटल ब्यबसायि र ट्राभल्स एजेन्सिले यसमा विशेष चासो दिनुपर्ने बताउनु भयो ।

यसबर्ष पनि र्याफ्टीङ सञ्चालनका क्रममा कर्णाली एडभेञ्चर प्रालीका दुईवटा बोट ल्याएर सेती नदीमा र्याफ्टीङ सञ्चालन गरिएको डोटी उद्योग वाणिज्य संघका सदस्य एबं र्याफ्टीङ संयोजक लालबहादुर कठायतले बताए । कालागाडमा रहेको भागेश्वर मन्दिरबाट सेतीनदीको पक्कीपुलसम्म र्याफ्टीङ सञ्चालन भैरहेको उनले बताए ।

उनका अनुसार सुन्दुरपश्चिम प्रदेशिक महोत्सव २०७५ मा डोटीको भागेश्वर, बासुधारा, दिल्पेश्वर हुदै सेती पुलसम्म माघ २५ गतेबाट फागुन ७ गतेसम्म १२ दिने जल यात्रामा करिव ७ किलोमिटर लामो र्याफ्टीङको यात्रा शुल्क प्रतिब्यक्ती पाँच सय तोकिएको छ । र्याफ्टीङमा यसबर्षपनि बिगतबर्षझैँ मान्छेहरुको चाप बाक्लो छ ।
छिमेकी जिल्ला डडेल्धुरा र अछाम बाट र्याफ्टीङ गर्न चाहनेहरुका लागि पनि बिशेष योजना रहेको आयोजकले जनाएको छ । र्याफ्टीङ संयोजक कठायतका अनुसार २० जनासम्मको टोली भए यातायात खर्चसहितको महशुल जोडेर गाडीमा बोकेर ल्याई र्याफ्टीङ गराएर सम्बन्धित ठाउँमा पुर्याउन सकिने छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया