गुणस्तर सुधार नगर्ने विद्यालयलाई सहयोग रोक्ने चेतावनी
धनगढी, २७ माघ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले पढाईको गुणस्तर सुधार नगर्ने विद्यालयलाई सहयोग रोक्ने चेतावनी दिएका छन्
धनगढी उप–महानगरपालिका ३ बोराडाणी स्थीत त्रिभुवन माध्यमिक विद्यालयको ५९ औं बार्षिकोत्सवको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख वडले यस्तो चेतावनी दिएका हुन । उनले पढाईको गुणस्तरमा सुधार गर्ने विद्यालयलाई भने सहयोग बढाएर दिने बताएका छन् । तपाईहरु शिक्षक सेवा पास गरेर आउनु भएका शिक्षकहरु हुनुहुन्छ नगरप्रमुख वडले भने, ब्यक्तिले भर्ना गरेका तपाईहरु भन्दा थोरै सेवा सुविधा दिने निजी विद्यालयका शिक्षकहरुले पढाउदा कसरी गुणस्तर राम्रो हुन सक्छ ? नगरप्रमुख वडले सामुदायीक विद्यालयका शिक्षक र अभिभावकका लागि यो चुनौतीको बिषय भएको बताए ।
नगरप्रमुख वडले प्राविधीक बिषय पठनपाठन गराउनका लागि तयारी थाल्न पनि शिक्षक र अभिभावकहरु संग आग्रह गरेका छन् । नयाँ शैक्षिकसत्र बाट धनगढीका बढी भन्दा बढी विद्यालयमा प्राविधीक धारको पठनपाठन गराउने निति नगरपालिकाले लिएको बताए । उनले भने, कक्षा ९ देखि यहाँहरुले प्राविधीक बिषयमा पठनपाठन गर्ने वतावरण बनाउनु प¥यो त्यसका लागि सबै सहयोग गर्न उप–महानगरपालिका तयार छ । अभिभावकहरुले विद्यालयमा आउने जाने र पठनपाठनको अबस्था बुझ्ने पनि गर्नुपर्छ नगरप्रमुख वडले भने,सामुदायीक विद्यालयहरुको पठन पाठन खस्कीनुको पछाडी अभिभावको उदासहिनता हो । सरकारले सामुदायीक विद्यालयमा ठूलो लगानी लगाएको भएपनि सोचे जस्तो प्रतिफल प्राप्त गर्न नसकेको बताए । उनले भने,‘अभिभावकको दायीत्व छोराछोरीलाई विद्यालयमा पठाउनु मात्रै नभएर विद्यालयमा पठनपाठन भैरहेको छ कि छैन भनेर बुझ्नुपनि हो ।
त्यसैगरी त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक सिताराम अबस्थीले विद्यालयमा पूर्वाधारको अभाव भएको बताए । उनले भने, विद्यार्थीको तुलनामा शिक्षक दरवन्दी समेत अभाव रहेको छ । उप–महानगरपालिका संग उनले सहयोगको अपेक्षा समेत गरे । त्यसैगरी नगरप्रमुख वडले उप–महानगरपालिकाकै वडा नं १४ मा रहेको पञ्चोदय माध्यमिक विद्यालयको ३३ औं बार्षिकोत्सवको समेत उद्घाटन गरेका छन् ।
फोटो क्याप्सन ः धनगढी उप–महानगरपालिका ३ बोराडाणी स्थीत त्रिभुवन माध्यमिक विद्यालयको ५९ औं बार्षिकोत्सवको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया