नगर प्रमुखद्धारा तेक्वान्दो प्रतियोगिताको उद्घाटन
धनगढी,२६ माघ । कैलाली जिल्लामा प्रथम अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता शनिवार देखि धनगढी कवडहलमा सुरु भएको छ ।

प्रतियोगिताको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका हुन । तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले धनगढी खेलकुदको हव भएको बताए । हामीले सबै किसिमका खेलकुदहरुलाई समान प्राथमिकतामा राखेर काम गरिरहेका छौं नगरप्रमुख वडले भने,एक वडा एक खेलमैदान निर्माण गर्ने अभियान हाम्रो छ ।
अक्सर सबै वडामा खेल मैदान निर्माण गर्ने काम भैरहेको बताउदै नगरप्रमुख वडले भने,यस आर्थिक बर्षमा समेट्न नसकेका वडामा अर्को बर्ष समेटिने छ ।
नगरप्रमुख वडले खेलाडी भएको समाज र बस्ती अनुशासित हुने गरेको बताए । उनले भने, त्यसैले स्वास्थ्य र राष्ट्रका लागि मात्रै नभएर खेलकुद समाजका लागि पनि त्यतीकै महत्वपूर्ण रहेको छ ।
तेक्वान्दो प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पाराज कुँवरले निजी क्षेत्र खेलकुदको विकासमा आवश्यक परेको ठाउँमा सहयोग गर्न तयार रहेको बताए । उनले भने,खेलकुद मैदान निर्माण गर्ने कुरामा पनि निजी क्षेत्र साझेदारी गरेर जान तयार छ ।
कैलाली जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा भैरहेको प्रतियोगितामा १२ वटा डोजाङ्ग अन्तरगत बिभिन्न विद्यालयका २ सय १० जना खेलाडी रहेका छन् । जसमा २१ देखि ५२ किलो तौल समुहका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया