घुम्ति ब्यापारीको सामान उद्योग बाणिज्य संघ द्धारा जफत
डीबी विष्ट बझाङ, २० माघ । सदरमुकाम चैनपुरमा घुम्ति ब्यापार गर्ने ब्यापारीहरुको सामान उद्योग वाणिज्य संघले जफत गरेको छ ।

आईतबार दिउसो सदरमुकाम चैनपुरमा उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेली सहितको टोलीले घुम्ति ब्यापार गर्ने २ जनाको सामान जफत गरेको हो । भारतको गोरखपुर घर भएका सुकुल यादब र जुम्ला घर भएका एक जना गरि २ जनाको लुगा कपडा सहितको भारी समातेको उद्योग बाणिज्य संघका सचिब संकर रसाईलीले बताए ।
दुबै जना बाट झण्डै तिस हजार बराबरका लुगा कपडा जफत गरेको रसाईलिको भनाई छ । सदरमुकाम चैनपुर तथा जिल्लामा घुम्ति ब्यापार गर्ने जोकोहि ब्यापारीले पनि उद्योग बाणिज्य संघ तथा सम्बन्धित नगरपालिका वा गाँउपालिकामा राजश्व तिरेर मात्रै समान विक्री गर्न पटक पटक सार्वजनिक सुचना गरे पनि सुचनाको अटेर गरे पछि आफुहरुले सामान नै जफत गर्नु परेको उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए ।
जिल्लामा ब्यापार गर्ने ब्यापारीहरुले यस विषयमा पटक पटक आवाज र विरोध गर्दै आएको उनको भनाई छ । आफुहरुले पनि यस विषयमा सम्बन्धित घुम्ति ब्यापारीहरुलाई राजश्व तिर्न आग्रह गरे पनि अटेर गर्दै आएका कारण बाध्य भएर सामान नै जफत गर्नु परेको सुर्मेलीको भनाई छ ।
घुम्ति ब्यापार गर्ने ब्यापारीले बार्षिक रुपमा बाणिज्य संघमा ५ हजार तिर्ने निर्णय उद्योग बाणिज्य संघले गरेको उहाँले बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया