यौन दुब्र्यवहार विरुद्ध प्रतिकारात्मक तालिम
डीवि विष्ट बझाङ,१८ माघ । बझाङ जिल्लामा बालिका माथि हुने यौन दुब्र्यावहार विरुद्ध प्रतिकारात्मक प्रशिक्षण तालिम शुक्रबार जिल्लाको सत्यबादि उमाविमा सुुरु भएको छ ।

सामाजीक विकास मन्त्रालय, सामाजीक विकास महाशाखा सदुरपश्चिम प्रदेशले आयोजना गरेको उक्त तिन दिने प्रशिक्षण कार्यक्रम निमित्त प्रमुख जिल्ला अधिकारी शिबराज जोशिले उद्घाटन गरेका थिए ।
प्रशिक्षण तालिममा किशोरी तथा महिलाहरुलाई यौन जन्य हिंशामा परेका बेला अथवा कसैले यौन दुब्र्यवहार गरेमा त्यसका लागि मानशिक तथा शारिरिक रुपमा शशक्त भएर प्रतिकार गर्ने उदेश्यले तालिमको आयोजना गरिएको सामाजीक मन्त्रालयकी महिला विकास अधिकृत जयन्ती गिरीले बताईन् ।

उनले भनिन् “कन्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाले नेपाली महिलाहरुलाई एउटा पाठ सिकाएको छ । जसका कारण महिलाहरुले आफ्नो आत्म रक्षाका लागि प्रतिकारात्मक सिप सिक्नु र कानुनि उपचार जान्नु जरुरी छ ।”
तालिमको उद्घाटन शर्तमा नेपात पत्रकार महासंघका जिल्ला शाखा बझाङका अध्यक्ष जगदिश रोकाया, जयपृथ्वी नगरपालिकाकी प्रबक्त सविता खड्का, जिल्ला समन्वयमा लाल बहादुर थापा, जिल्ला प्रहरी कार्यलयमा प्रहरी नायब उपरिक्षक प्रविण धितालले तालिमले महिलाहरुलाई मानशिक रुपमा थप आत्मबल पुग्ने बताए ।
तिन दिन सम्म संचालन हुने उक्त तालिममा सत्यबादी उमाविका एक सय जना छात्राहरुको सहभागिता रहने छ । सामाजीक विकास मन्त्रालयले यस अघि पनि कैलाली, बैतडी लगायतका जिल्लाहरुमा पनि महिलाहरुलाई यौन दुब्र्यवहार विरुद्ध प्रतिकारात्मक तालिम दिएको थियो । पछिल्लो समयमा बझाङ जिल्लामा महिला तथा किशोरी माथि यौनजन्य हिंशाका घटनाहरु बढ्दै गएका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया