सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

छाउप्रथा बारे अध्ययन गर्न सांसदको टोली बाजुरामा

रमित बि.क. बाजुरा १८ माघ । छाउ प्रथाको असर र चुनौतिबारे अध्ययन गर्न संघिय संसदका सांसदहरुको टोली बाजुरामा आएको छ ।

प्रतिनिधि सभा महिला तथा सामाजिक विकास समिति अन्र्तगतको उपसमितिका संयोजक गणेशसिंह ठगुन्नाको नेतृत्वमा आएको टोलीले तीन आमा छोराको मृत्यु भएको स्थान सहीत अन्य सरोकारवाला निकायसँगको छलफल तथा स्थलगत अध्ययन गर्ने गरी बाजुरा आएको हो ।
बाजुरा आईपुगेको पहिलो दिन टोलीले मार्तडीमा सरोकारवालासँग खुला छलफल तथा अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरेको छ । छाउ प्रथा र यसका असर विषयमा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख प्रतिनिधि, गैर सरकारी संस्थाका प्रतिनिधि महिला तथा किशोरीसँग अन्र्तक्रिया गरेको हो ।
टोलीमा उपसमिति संयोजक सांसद गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, अृमता थापामगर, गंगा चौधरी, विमला नेपाली, रुवीराज निकराजी सहीत समिति सचिव, यूएनडिपीका दिल्लीराज पन्त समेत टोलीमा सहभागि छन् ।

बाजुराको बुढीनन्दा नगरपालिका ९ अँगाउपानीमा पुस २४ गते तीन आमा छोराको एकै दिन छाउ गोठमा मृत्युभएपछि घटनाले महत्व पाएको हो ।
छाउ प्रथा विरुद्धको कानुन बनिसक्दा पनि छाउ प्रथाकै कारण अकालमै ज्यान गुमाउनु पर्ने, चिसो गोठमा बस्दा विभिन्न रोगको संक्रमण र असुरक्षीत जीवन बिताउन पर्ने समस्या विद्यमान रहेकोले त्यसको अन्त्यका कसरी हुन्छ भन्ने उद्देश्य बोकेर बाजुरा आएको टोली संयोजक एवं सांसद गणेशसिंह ठगुन्नाले बताएका छन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउ प्रथाको बढी समस्या देखिएको र गाई गोरु बाँध्ने कोठ, बन्ध कोठामा सुत्नु पर्ने परिस्थितिको अन्त्यका लागि स्थलगत अध्ययन गर्ने गरि सांसदको जम्बो टोली बाजुरामा आएको सांसद अमृता थापा मगरले बताएकी छन् ।
मार्तडीमा आयोजित छलफल कार्यक्रममा सांसद गंगा चौधरीले छाउ मान्ने र मान्न दबाब दिने आमा, बुबा, सासु, ससुरा, श्रीमान जो कोहीलाई पनि कानुनी कारवाही गर्न समितिले प्रहरी प्रशासनलाई निर्देशन दिईसकेको बताएकी छन् ।
गोठ गाई गोरु बाध्य स्थान भएकोले छाउपडी बस्ने घरलाई गोठ नभनी छाउ कोठा भन्नु पर्ने अन्र्तक्रिया कार्यक्रममा बाजुराबाटै प्रतिनिधीत्व गर्ने सांसद लालबहादुर थापाले बताएका छन् । थापाले स्थानीय तह, स्थानीय राजनीतिक दल बढी जिम्मेवार हुनु पर्ने र त्यसको सुरुवाद प्रत्येक राजनीतिक दलले पार्टी संगठन कमिटीबाटै सुरु गर्नु पर्ने सुझाव दिएका छन् ।
गोठमै आमा छोराको मृत्युपछि जिल्लामा छाउ गोठ भत्काउन सुरु गरिएको छ । बुढीनन्दा नगरपालिकाले सबै प्रकारका सुविधा नै रोक्ने गरि कार्यविधि निर्माण गर्न लागेको छ । त्यही कुरालाई संकेत गर्दै सांसद विमला नेपालीले गोठ भत्काएर मात्र समस्या हल नहुने भएकोले मानसिकता नै बदल्ने खालको नीति लिन टोली आएको बताएकी छन् ।
भगवान प्रति आस्था राख्ने, दुर्गा, लक्ष्मी, सरस्वतीलाई पुजा गर्ने समाज आफ्नै छोरी बुहारी प्रति अपमान र हिंसा गरिरहेको प्रति सांसद रुवीराज निकरानीले दुःख व्यक्त गरेकी छन् ।
कार्यक्रममा बडिमालिका नगरपालिका उपप्रमुख कविता विकले छाउ प्रथाको अन्त्यका लागि विशेष खालको नीति लिएर कार्यक्रम सञ्चालन गर्ने बताएकी छन् । प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जिल्लामा ३१५ वटा छाउ गोठ रहेको, ६६ वटा भत्काई सकेको र बाँकी प्रक्रियामा रहेको जानकारी गराएकी थिए ।
अम्बा बोहरा सहीत सन्तानको मृत्युको विषयमा कारवाही गर्न खोज्दा पनि श्रीमान भारत रहेको र सासु ससुरा अलग भएकोले कारवाही गर्न नसकिएको अधिकारी बरालका भनाई छ ।
संसदीय सहयोग परियोजना युएनडिपीको सहयोग र महिला तथा सामाजिक विकास समितिको आयोजनामा सञ्चालित अन्र्तक्रियामा छाउ प्रथा, स्थानीयको मान्यता, र अवस्था बारे पीसविन परियोजना अधिकृत मेनका मल्लले जानकारी गराएकी हुन् ।
कार्यक्रममा रामबहादुर खत्री, लालबहादुर रोकाया, सन्तोषी रावल, झलकी कुमारी जोशी, तुलादेवी खड्का,शुभद्रा पाण्डे, विनिस्ता धामी, सिता बराल थापा, प्रदीपराज जोशी, कमल कुमारी शाह सहीतले सचेतनाको कमी, पुरुषको दबाब, महिलाकै गुनासो बढीका कारण छाउ कुप्रथा कायम रहेको बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकाया सहीत ५ सय बढीको संख्यामा सहभागि थिए । टोली भोलि विहान पाण्डुसैन जाने कार्यक्रम रहेको बुझीएको छ ।

  • १८ माघ २०७५, शुक्रबार ०४:१७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU