नेकपा प्रवक्ता प्रकाण्डका छोरा गोलीसहित पक्राउ
विराटनगर‚ नेकपाका प्रवक्ता खडकबहादुर विश्वकर्मा प्रकाण्डका छोरा गोलीसहित पक्राउ परेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा २७ वर्षीय नरेन्द्र विश्वकर्मालाई विराटनगरबाट पक्राउ गरिएको हो ।
प्रहरी स्रोतका अनुसार नरेन्द्रको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद गरीएको छ नरेन्द्र पक्राउ परेको विषयलाई प्रहरीका अधिकारीले भने गोप्य राख्ने प्रयास गरेका छन् । नरेन्द्र यति एयरलायन्सको जहाजबाट साँझ ५.५५ को फ्लाइटमा विराटनगर विमानस्थल हुँदै काठमाडौं जाने तयारीमा रहेको बताइएको छ ।
ओएस नेपालबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया