सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बालीघरे प्रथा अझै कायमै,पारिश्रमिक अन्नपात लिएर चिक्त बुझाउछन

रमित बि.क.माघ १५ ,बाजुरा । गौमुल गाउँपालिका– ६ टुनीका गोरे बि.क. गाउँभरीका कृर्षि औजार र हातहतियार तयार गर्ने व्यवसायी हुन् । उनीहरुको यो काम बर्ष भरी चल्छ ।

त्यति धेरै चापको काम भएपछि उनको कमाई पनि राम्रै हुन्छ होला भन्ने अनुमान हामीले लगाउन सकिन्छ । तर, उनी बर्ष भरिको आफ्नो पारिश्रमिक अन्नपात लिएर चिक्त बुझाउछन् ।

उमेर ६० नाघिसकेका बि.क.वर्ष भरि गाउँका आफ्ना ग्राहकहरुको हषिया, कोदालो लगायत कृषि औजार मर्मत र बनाए वापत प्रत्येक घरधुरीसँग ज्यालाको रुपमा अन्नपात लिने गरेका छन् । त्यै पनि वर्षमा दुई चार पाथीकै भरमा । उनीहरुले गाउँभरिकाका सबैको काम यसरी नै गर्दै आएका छन् ।

बि.क.हरु त एक प्रतिनिधी पात्र मात्र हुन उनी जस्तै ग्रामीण क्षेत्रका दलित समुदायले कृषि औजार बनाएको पारिश्रमिक वापत अहिले पनि बालिघरे प्रथामै चित्त बुझाउनु परिरहेको छ । अर्का गौमुल गाउँपालिका वडा– ४ जया बि.क. आरन चलाए वापत कोदो र मकैमा काम गरिरहेका छन् ।

उनले काम गरे वापत वार्षिक अन्न नै लिने गर्छन् । युगौँ देखि चलिआएको बालिघरे प्रथा निर्मुल हुन नसक्दा आफुहरुले काम गरेवापतको मुल्य चाहेँ अनुसारका नपाएको उनीहरुको गुनासाँे रहेको छ ।

त्यस्तै बडिमालिका नगरपालिका–९ मार्तडीका बल दमाई पनि बर्ष भरी कपडा सिलाए वापत अन्न लिन्छन् त्यसले न उनको घर खर्च चल्छ न छोराछोरीको पढाई खर्च नै चल्छ । बालिघरे प्रथा अनुसार उनीहरु परीवारबाट भिन्न हुँदा ग्राहकको पनि अंशवण्डा गर्ने गर्छन् ।

आफ्नो अंशमा परेका ग्राहकको बर्षदिनको औजार बनाउने तथा लुगा सिलाउने काम उनीहरु बालिघरे प्रथाको आधारमा गर्दै आएका छन् ।

परम्परागत रुपमा चलिआएको बालिघरे प्रथा अझै हट्न सकेको छैन् । बाजुराका अधिकांस ग्रामीण क्षेत्रमा मात्र होइन सदरमुकाम वरपर पनि अहिले सम्म बालिघरे प्रथा कायमै छ । अझै पनि ग्रामीण क्षेत्रमा छुवाछुत प्रथा हट्न सकेको छैन त्यसमाथि सदियौँ देखि चलिआएको बालिघरे प्रथामा उनीहरु चित्त बुझाउन बाध्य भईरहेका छन् ।

मुलुकमा दलितको नाममा आन्दोलन र सबैलाई सम्मानका साथै काममा लगाएपछि परिश्रम अनुसार मुल्य दिनुपर्ने भाषणहरु नेताहरुबाट हुने गरेको भएपनि त्यस अनुसारको अझै परिवर्तन हुन नसकेको दलित समुदायहरुको गुनासो रहेको छ । नेकपा बाजुराका दलित नेता बिनोद कुरमार बि.क. अझै पनि ग्रामीण क्षेत्रमा बालिघरे प्रथा कामयै रहेको स्वीकार गरेका छन् ।

‘ठुला मेसीन किन्न सक्नेले शुल्क तोकेर काम गरे पनि ग्रामीण भेगका गरीब दलितहरु अझै पनि बालिघरे प्रथाका कारण श्रम शोषणमा परीरहेका छन’, बि.क.ले भने । दलित सम्बन्धी काम गर्ने दर्जनौं संघ संस्था सदरमुकाममा सिमित भईरहदाँ ग्रामीण भेगका दलितहरु आफ्नो पारिश्रमिक लिन सकिरहेका छैनन् ।

‘दलितका नाममा आएका अबौं रुपैयाँ सदरमुकाममा सभा सेमिनार गरेर माडेहरुले सक्नेगरेको हिमाली गाउँपालिकाका मंगल सार्कीले बताएका छन् । एकातिर जातीय छुवाछुत र अर्कातिर बालिघरे जस्ता प्रथाका कारण ग्रामीण भेगका दलितहरु श्रमशोषणमा अझै परिरहेका छन् ।

  • १५ माघ २०७५, मंगलवार १०:३९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU