“प्रहरी संग एक दिन” "दुव्र्यसनीमा नलाग्न युवाहरुलाई प्रहरीको आग्रह "
पाण्डव पुजारा धनगढी भाद्र ३ । युवा शान्ती परिषद नेपालको आयोजनामा कैलाली बहुमुखी क्याम्पस धनगढीका युवाहरु संग आईतवार प्रहरी संग एक दिन कार्यक्रम भएको छ ।
सामुदायिक सद्भाव प्रर्बद्धनमा युवाहरुको सकारात्मक संलग्नता परियोजना अन्र्तगत रहेको नागरीक र प्रहरी बिच सहकार्य गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक प्रेम ढुंगानाले बताए । 
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सिताराम बिष्टले पछिल्लो समय युवा पुस्तामा बलात्कारका घटनाहरुमा बृदि भएका कारण कैलाली प्रहरीले पनि युवाहरु लाई लक्षित गरेर सचेतना मुलक कार्यक्रमहरु अगाडी बढाएको बताएका छन् । साथै उनले युवाहरु लाई दुव्र्यसनीमा नलाग्न आग्रह गरे ।
कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.पदम राज जोशीले समाज निर्माणमा युवाहरुको महत्वपुर्ण भुमीका भएका कारण युवाहरुले सदैब विकासमुलक काममा अग्रसर हुनु पर्ने बताए ।
कार्यक्रममा सहभागी छात्र नेत्र प्रशाद उपाध्यायले अहिले युवाहरु लागुऔषध तथा दुव्र्यशनीमा युवाहरु फसीरहेको अवस्थामा यस किसिमका कार्यक्रमहरु आगामी दिनमा पनि हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापती चुडामणि भट्ट, जिल्ला प्रहरी कार्यालयको महिला सेलमा कार्यरत प्रहरी जवान राजमति बिष्टले मन्तब्य ब्यक्त गरेका थिए ।
युएनडिपीको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालय कैलालीको सहकार्यमा कार्यक्रमको आयोजना गरीएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया