सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

महिनावारिको समयमा विद्यालयमा हाँजीर नहुने किशोरी नियमित विद्यालयमा हाँजीर

डीबी विष्ट माघ ६ बझाङ । महिनावारि भएको समयमा विद्यालयमा नियमित हाँजिर नहुने किशोरीहरु अहिले नियमित विद्यालयमा हाँजिर हुने गरेकी छन् ।

मष्टा गाँउपलिकामा रहेका मष्टा आधारभुत विद्यालय तुति र माईतिबन आधारभुत विद्यालयमा अध्यानरत किशोरिहरु नियमित विद्यालयमा हाँजिर हुने गरेका हुन । महिनाको ३ दिन सम्म हाँजीर नहुने यहाँका छात्राहरु अहिले नियमित रुपमा हाँजिर हुने गरेको माईतिबन निमावि रनाडाका शिक्षीका दबकी मल्लले बताउनु भयो ।

यि विद्यालयमा अध्यानरत छात्राहरुलाई विश्व खाद्यको सहयोगमा एकिकृत विकास समाज नेपालले मष्टा गाउँपालिका वडा नं १ र २ का ३ वटा आधारभुत विद्यालयका १० वर्ष भन्दा माथिका ७० जना किशोरीहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्वन्धि तालिम दिईए पछि यहाँ अध्यनरत छात्राहरु नियमित विद्यालयमा हाँजीर हुने गरका हुन् । पहिला महिननको एक पटक ३।४ दिन सम्म हाँजिरनहुने सबै किशोरिहरु अहिले नियमित रुपमा स्कुल आउने गरेको मल्लले जानकारी दिनु भयो ।


महिनावारी भएको समयमा स्कुल जाँदा संगै पढ्ने साथिहरुले जीस्काउने र गिजाउने भए पछि महिनावारिको समयमा स्कुल नगएर घरमा नै बस्ने गरेको माईतिबन निमाविकी छात्रा ललिता थापाले बताउनु भयो ।
महिनावारी हुनु कुनै अपराध होइन । महिलाहरुको उमेर अनुसार निरन्तर भइरहने प्रकृया हो । तर महिनावारी भएको वेला स्वच्छ रहनु स्वास्थ्यको लागि आवश्यक छ भन्ने कुराको ज्ञान हामिहरुलाई भए पनि यसको ब्यावस्थापन गर्ने उपाए नभएका कारण महिनावारी भएको समयमा स्कुल नजाने गरेको कक्षा ८ मा अध्यनरत छात्रा सम्झना रोकायाले बताईन् ।
महिला महिनावारी हुँदा शरीरमा भएको फोहोर रगत वाहिर निस्कन्छ र फोहोर निस्केको रगत लाई व्यवस्थित रुपमा व्यवस्थापन गर्न सेनेटरी प्याड आवश्यक पर्छ भन्ने कुरा थाहा थियो रोकायाले भन्नु भयो तर प्याड कसरी मनाउने भन्ने कुराको ज्ञान थिएन । जब हामिहरु आफै सेनेटरी प्याड बनाउन जान्ने भएउ अनि कुनै पनि कुराको समस्या नभएको सरस्वति भण्डारीले बताउनु भयो ।

महिनावारी भएको वेलामा प्याड प्रयोग गर्नुपर्छ भन्ने कुराको ज्ञान समेत नपाएका यहाँ किशोरीहरु अहिले आफ्नै हातले सेनेटरी प्यान बनाएर आफु र आफ्नो घरको दिदी बहिनी र आमाहरुलाई समेत उक्त प्याड लगाउन दिने गरेको मष्टा निमाविमा अध्यानरत छात्रा कल्पना कामिले बताउनु भयो । महिनावारी भएको वेला आफुलाई स्वच्छ रहन र सहजै विद्यालय जाने वातावरण सृजना भएको उहाँको भनाई छ ।
वजारमा पाइने प्याडको ६० रुपैया देखि माथि पर्ने भएका कारण सबैले महंगो मुल्य तिरेर प्याड प्रयो गर्न नसक्ने भएका कारण महिनावारी भएको समयमा यहाँका छात्राहरु महिनाको एक पटक विद्यालयमा नआउने गरेको शिक्षीका मल्लले दाबि गर्नु भयो । अहिले भने सेनेटरी प्याड तालिम पाए पछि सबै छात्राहरु नियमित विद्यालयमा आउने गरेको उहाँको भनाई छ ।

  • ६ माघ २०७५, आईतवार ०४:३१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU