आदरणिय पाठक वर्गमा अनुरोध "नेपाल सन्दर्भ अनलाइन पत्रिका‚ टिम "
सुदुरपश्चिम अर्थात प्रदेश ७ मा विश्वासनिय समाचार र मर्यादित पत्रकारिताको मान्यता राखेर पाठकको रुचि र चासोको विषयलाई ध्यानमा राखी प्रदेश ७ को सम्भावनाका विषयवस्तुहरुलाई उजागर गर्दै यहाँको जलश्रोत‚ बन सम्पदा‚ प्राकृतिक सम्पदाको सँरक्षण‚ भेषभुषा सँस्कृति र पर्यटन प्रवर्द्धनमा सकारात्मक परिवर्तन ल्याउने‚ सामाजिक बिकृति विसँगति‚ सामाजिक अन्याय र विकास निर्माणका नाममा हुने गरेका अनियमिताका सवालमा समेत सकारात्मक सोचको विकास गर्नमा सहयोगी बन्ने जस्ता परिवर्तनको पवित्र उद्देश्य राखेर “नेपाल सन्दर्भ” अनलाइन पत्रिका २०७५ भाद्र २ गते सनिबारका दिन देखि पाठक माझ पस्केका छौ । केही समाचारहरु अग्रेजीमा पनि पढ्न सकिने व्यवस्था पनि हामीले गरेका छौँ । महत्वपुर्ण घटना र अवसरका भिडियो फुटेज समेत “नेपाल सन्दर्भ” अनलाइन पत्रिका मार्फत यहाँहरु समक्ष प्रस्तुत गर्ने प्रयास गर्ने छौँ ।
फेसबुक पेज मार्फत अमेरिका र काठमाण्डौको समय समयमा विभिन्न स्थानको फेसबुक लाइभबाट समेत ईच्छुक पाठकलाई अवलोकन गराउने योजनाका साथ हामी पाठक माझ आएका छौ । हाम्रो टिम प्रदेश ७ का सबै जिल्लामा क्रियाशिल रहँने छन । ९ वटै जिल्लाको ताजा समाचार यहाँहरु समक्ष प्रस्तुत गर्ने हाम्रो प्रयास रहँने छ । यसका अतिरिक्त अन्य क्षेत्रका समाचार पनि चासो र प्राथमिकतामा रहँने छन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया