सहकारी व्यवस्थापन तालिम सुरु
धनगढी, २ माघ । धनगढी उप–महानगरपालिकाले बुधवार देखि सहकारी ब्यबस्थापन तालिम सुरु गरेको छ । उप–महानगरपालिकाका क्षेत्रमा खुलेका सहकारीहरुको ब्यबस्थापनलाई प्रभावकारी बनाउने उदेश्यले सहकारी ब्यबस्थापन तालिम संचालन गरिएको हो । पवित्र उदेश्यका साथ सहकारी संस्थाहरु खुलेका भएपनि ब्यबस्थापकीय सिपको अभावले सहकारीहरु समस्यामा रहेको नगरप्रमुख नृपबहादुर वडले बताए । राम्रो ब्यबस्थापन गर्न जानेका सहकारी सफल छन् नगरप्रमुख वडले भने, ब्यबस्थापन गर्न नसकेकाहरु समस्यामा रहेका छन् ।
धनगढी उपमहानगरपालिकाले सहकारीहरुका माध्यमबाट नै गरिव र धनी बिचको खाडल पुर्न चाहिरहेको नगरप्रमुख वडले बताए । उनले भने,पूँजी जमा गरेर हुदैन त्यसलाई बढी भन्दा बढी परिचालन गर्न सकेमा मात्रै त्यसबाट लाभ लिन सकिन्छ । नगरप्रमुख वडले सहकारी संस्था र त्यसमा काम गर्ने सदस्यको क्षमता अभिबृद्धी बिना चाहे अनुसार अगाडी बढ्न नसक्ने बताए ।
धनगढी उप महानगरपालिकाका अधिकृत जनक सिंह ओखेडाले तालिम ७ दिन सम्म चल्ने बताए । उनले भने, खास गरेर सहकारी संस्थाको लेखा ब्यबस्थापनका बिषयमा सहभागिहरुलाई तालिममा सिकाईने छ । तालिममा २५ जना भन्दा बढीको सहभागिता रहेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया