गोदावरी धाममा बाहराशि दर्शन मकर मेला (भिडियो सहित) "लाखौ भक्तजनहरुले स्नान गरे "
गोदावरी धाम‚ १ माघ । कैलालीको गोदावरी धाम क्षेत्रमा बाहराशि दर्शन मकरमेला लागेको धाम क्षेत्रमा लाखौ भक्तजनहरुले स्नान गरेको आयोजकले बताएका छन ।

आयोजक गोदावरी धाममा आज दिनरभरी नै भक्तजनहरुको घुईचो रहेको थियो । गतराती देखिनै गोदावरी धाम क्षेत्रमा भक्तजनहरुको घुईचो रहेको र आज दिनभर पनि भक्तजनहरुको घुईचो रहेको आयोजकले बताएका छन ।

गोदावरीमा स्नानका लागि सुदूरपश्चिमका ९ वटै जिल्लाका वासिन्दाहरु पुगेको गोदावरी धाम प्रवन्ध समितिका अध्यक्ष पदमराज जोशीले बताए । उनले स्नानका लागि गोदावरी धाम समितिले स्नान कुण्डहरुको समेत व्यवस्थापन गरेको थियो ।

हरेक १२ बर्षमा कुम्भ मेला, ६ बर्षमा अर्ध कुम्भ र हरेक बर्ष मकर मेला लगाउने परिपाटी अनुसार यसबर्ष पनि गोदावरी धाम क्षेत्रमा मकर मेला लागेको बताईएको छ।

१२ गते सम्म चल्ने मेला अवधिभर नव ग्रह शान्ति महा अनुष्ठान, विषेश पुजा तथा पाठ, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने छन्। मेला अवधिभर सुदूरपश्चिम लगायत सिमावर्ती भारतका विभिन्न ठाउँहरुबाट लाखौ भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया