मन्त्रीबाट कुटिएका सचिव अस्पताल भर्ना, मन्त्रीको झापडले मुख सुन्नियो
काठमाडौं, ३० पुस । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले कुटेका उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् ।

आइतबार भएको कुटपिटका कारण रातिदेखि स्वास्थ्यमा समस्या देखिएको भन्दै सचिव झा अस्पताल भर्ना भएका हुन् ।
मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दाँया हातको कुनै हाड भँचिएको जस्तो पीडा भएको सचिव झाले बताए ।
सचिव झालाई आइतबार मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया