सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुशासन नै पहिलो प्राथमिकताः मतदाताको रोजाईमा नरनारायण शाह

धनगढी, १५ फागुन । कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार नरनारायण शाह “मनु” ले सुशासनलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावी अभियान अन्तर्गत विभिन्न स्थानमा आयोजित भेटघाट, घरदैलो तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पारदर्शी, जवाफदेही र जनमुखी शासन व्यवस्था स्थापना गर्नु नै आफ्नो प्रमुख लक्ष्य रहेको बताएका हुन् ।
मतदातासँग प्रत्यक्ष संवाद गर्दै शाहले विकासको आधार नै सुशासन भएको उल्लेख गरे । विगतमा धेरै योजना घोषणा भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा जनताले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उनले बताए । उनले जनताले सहज रूपमा सेवा पाउने वातावरण बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “सुशासन नै मेरो पहिलो प्राथमिकता हो । जनताको विश्वास जित्ने सबैभन्दा ठूलो आधार पारदर्शिता र इमान्दारिता हो । म जनताले अनुभूति गर्ने खालको काम गर्न चाहन्छु ।”


शाहले निर्वाचित भएपछि विकास निर्माणका योजनालाई पारदर्शी ढंगले अघि बढाउने, सार्वजनिक सेवामा हुने ढिलासुस्ती हटाउने र जनताको गुनासो सुन्ने प्रभावकारी संयन्त्र बनाउने बताए । उनले स्थानीय आवश्यकताका आधारमा योजना सञ्चालन गर्ने र जनताको प्रत्यक्ष सहभागितामा निर्णय प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए । चुनावी अभियानका क्रममा शाह घरदैलो कार्यक्रम मार्फत मतदातासँग निरन्तर भेटघाट गरिरहेका छन् । विभिन्न टोल र बस्तीमा पुगेका उनलाई स्थानीय बासिन्दाले स्वागत गर्दै आफ्ना समस्या र अपेक्षाहरू राख्ने गरेका छन् ।


धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का स्थानीय मतदाता रामबहादुर बोहराले शाह लामो समयदेखि समाजसेवामा सक्रिय व्यक्ति भएको उल्लेख गर्दै भने, “मनुजीलाई हामीले खेलकुददेखि सामाजिक क्षेत्रमा काम गरेको देखेका छौं । उहाँ इमान्दार र हुनुहुन्छ । सुशासनको कुरा गर्नुभन्दा पनि लागू गर्न सक्ने व्यक्ति उहाँ नै हो भन्ने विश्वास लागेको छ ।” त्यस्तै स्थानीय महिला मतदाता लक्ष्मी देवी चौधरीले विकाससँगै पारदर्शिताको आवश्यकता रहेको बताउँदै भनिन्, “हामीलाई ठूलो कुरा होइन, काम गर्ने नेता चाहिएको हो । मनुजीले सुशासनलाई प्राथमिकता दिन्छु भन्नुभएको छ, त्यसले हामीलाई आशा दिएको छ ।” युवा मतदाता सन्तोष रानाले नयाँ सोच र स्पष्ट योजना भएका उम्मेदवारको आवश्यकता रहेको बताउँदै भने, “हामी युवाहरूलाई अवसर चाहिएको छ । मनु दाईले पारदर्शिता र सुशासनको कुरा गर्नुभएको छ, यसले भविष्यमा राम्रो परिवर्तन आउँला भन्ने लागेको छ।”


मतदातासँगको भेटघाटका क्रममा शाहले आफू कुनै पदका लागि मात्र नभई जनताको सेवाका लागि उम्मेदवार बनेको बताए । उनले जनताको विश्वास र साथ पाए कैलाली क्षेत्र नम्बर ५ लाई सुशासन र विकासको नमुना क्षेत्र बनाउने लक्ष्य रहेको उल्लेख गरे । लामो समयदेखि खेलकुद र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका शाह जनतामाझ सरल र सहज रूपमा प्रस्तुत हुने नेताका रूपमा चिनिन्छन् । स्थानीयहरूका अनुसार उनी जनताका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने व्यक्तित्व भएकाले यस पटकको निर्वाचनमा मतदाताको ध्यान तानेका छन् । शाहले जनताको विश्वासलाई सम्मान गर्दै इमान्दार र जिम्मेवार नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “जनताको भरोसा नै मेरो शक्ति हो, सुशासन नै मेरो पहिलो प्राथमिकता हो,” उनले भने ।

  • १५ फाल्गुन २०८२, शुक्रबार १८:३२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU