सुदूरपश्चिम प्रदेशमा माघ १ गते सार्वजनिक विदा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए।

यस्तै बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको छ। कानुन मन्त्री शाहले माघ ४ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गर्ने निर्णय गरेको जानकारी दिए।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया