सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

भेटियो बालेनले चढेको गाडीका मालिक, यस्तो रहेछ पृष्ठभूमि

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले चढ्दै आएको करिब ८ करोड रुपैयाँ मूल्यको भनिएको कालो रंगको ल्यान्ड रोभर डिफेन्डर गाडीका मालिक को हुन् भन्ने विषय खुलेको छ।

इकान्तिपुरले यातायात व्यवस्था कार्यालय स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार उक्त गाडी त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता छ। यस कम्पनीका प्रमुख लगानीकर्ता कमल मालपानी हुन्।

मालपानीले बालेन शाहलाई उक्त गाडी आफूहरूले नै उपलब्ध गराएको कुरा स्वीकार गरेको पनि इकान्तिपुरले लेखेको छ । मालपानीको बुटवलमा श्रीराम टोबाको प्रालि नामक कम्पनी पनि रहेको छ, जसले भोला गुट्खा र जित सुर्ती उत्पादन गर्ने गर्छ।

बालेन शाहले काठमाडौं महानगरपालिकाको प्रमुखका रूपमा कार्यरत रहँदा एक पटक गुट्खा बिक्रीमा प्रतिबन्ध समेत लगाएका थिए। यद्यपि, मालपानी विभिन्न सञ्चारमाध्यमका रिपोर्टहरूमा विवादस्पद व्यवसायीका रूपमा चित्रित गरिएको देखिन्छ । तीन दिनअघि मात्र नेपाल आज नामक अनलाइनले सुपारी तस्करीसँग उनको नाम जोड्दै समाचार प्रकाशित गरेको थियो।

सार्वजनिक रूपमा गाडीको मूल्य करिब ८ करोड रुपैयाँ भनिए पनि, वास्तविक रूपमा नेपालमा ल्यान्ड रोभर डिफेन्डरको मूल्य भेरियन्टअनुसार करिब ४ करोड ६५ लाखदेखि ५ करोड ५० लाख रुपैयाँसम्म पर्ने देखिन्छ।

  • ९ माघ २०८२, शुक्रबार १८:५३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU