कांग्रेस नेता बिष्टको कैलाली ४ मा उम्मेदवारी
काठमाडौं ७ माघ । नेपाली कांग्रेसबाट कैलाली–४ का उम्मेदवार रहेका गोरख बिष्ट (आनन्द) विगत लामो समय डोटी विभिन्न गरीवीको रेखामूनी रहेको बस्तीमा सहयोग गर्दै आएका थिए ।
उनी नेपाली कांग्रेस निकट जनसम्पर्क समिति अमेरिकाका अध्यक्षको रुपमा काम गर्दै आएका छन । अमेरिका जांदै आउदै गरेका उनले नेपाली कांग्रेसको विभिन्न तहमा रहेर काम गरेका थिए ।
अहिलेको यो प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र ४ को उम्मेदवार बन्न नेपाली कांग्रेसले टिकट दिएको हो ।
यो क्षेत्रमा डोटीबाट बसाई सराई गरी आएकाहरुको राम्रो उपस्थिति रहेकोले उनका लागि सहयोग पुग्ने पनि अडकल काटिने गरेको छ ।
तर यस अघि यो क्षेत्रमा कांग्रेस नेता वीरबहादुर बलायरले चुनाव जितेको क्षेत्र भएपनि गोरख बिष्ट (आनन्द)ले निक्कै मेहनत गर्नु पर्ने धेरैले बताएका छन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया