गगन सभापति भएपछि कांग्रेसले समानुपातिक सूची फेर्यो ? हेर्नुहोस् ११० जनाको नाम
काठमाडौं ७ माघ । नेपाली कांग्रेसले समानुपातिक तर्फका ११० जना उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।
सार्वजनिक सूचीअनुसार खस–आर्य क्लस्टरको पुरूषतर्फ अर्जुननरसिंह केसी पहिलो नम्बरमा परेका छन् भने महिलातर्फ सुशीला ढकाल आचार्य शीर्ष स्थानमा छन्।
यसअघि पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा समानुपातिक लिस्ट पठाइएको भए पनि अहिले गगन थापा सभापति बनेर आएका छन्। तथापि उक्त लिस्टको मूलभूल उम्मेदवारहरू बद्लिएका छैनन्।
आदिवासी जनजाति क्लस्टरतर्फ पुरूषमा भीष्मराज आङदम्बे र महिलामा गीताकुमारी सेन्दाङ पहिलो नम्बरमा सूचीकृत भएका छन्। यस्तै मधेसी क्लस्टरमा पुरुषतर्फ मोहनचन्द्र यादव र महिलातर्फ निनु कर्ण शीर्ष स्थानमा राखिएका छन्।
थारू क्लस्टरको पुरुषतर्फ मिनराज चौधरी र महिलातर्फ प्रमिला पहिलो नम्बरमा परेका छन् भने दलित क्लस्टरमा पुरुषतर्फ मानबहादुर नेपाली र महिलातर्फ हरिनादेवी कामी शीर्ष स्थानमा सूचीकृत छन्।





"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया