सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

लोकतन्त्रको रक्षा, स्थायित्व तथा राजनीतिक असल अभ्यासका लागि आशा एवं भरोसामय ‘टिम’ लिएर गगन उदाएका छन् ।
"रोक्नुहुन्न गगन–विश्व वेग "

नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनबाट वैधानिक रूपमा गगनकुमार थापाको ‘रूपान्तरणको उद्घोष’ सहित सर्वसम्मतिबाट पार्टी सभापति चयन भएका छन् । मुलुकको राजनीतिमा नवीन चेतना, साहस, विवेक तथा युगान्तकारी परिवर्तनको सन्देश बोकेर नेतृत्वको भूमिकामा उभिएका छन् । उपसभापतिद्वय विश्वप्रकाश शर्मा, पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदीप पौडेल, गुरु घिमिरे लगायत पदाधिकारी तथा केन्द्रीय सदस्य उनका सहयात्री भएका छन् । लोकतन्त्रको रक्षा, स्थायित्व तथा राजनीतिक असल अभ्यासका लागि आशा एवं भरोसामय ‘टिम’ लिएर गगन उदाएका छन् ।

विडम्बना, पार्टीको सर्वोच्च निकाय विशेष महाधिवेशनले दिएको आदेशलाई निवर्तमान कार्यसमितिका सभापति शेरबहादुर देउवा समूहले आत्मसात् गरेका छैनन् । वैधानिक ढंगबाट सम्पन्न महाधिवेशनको अस्तित्वलाई स्वीकार्न तयार भएनन् । यस विपरीत तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने भनी जगहँसाउने निर्णय गरे । विधानको पालना गर्नेमाथि कारबाहीको अशोभनीय अस्त्र प्रयोग गरे । विधिको शासनको उपहास गरे । पार्टीभित्र व्यक्तिवादी चरित्र हावी भएको देखाए ।

लोकतन्त्र भनेको विधि, प्रक्रिया तथा बहुमतद्वारा सञ्चालित शासन प्रणाली हो । विधिको शासन यसको मर्म एवं सर्वमान्य सिद्धान्त हो । मुलुकको शासन प्रणाली संविधान, ऐन तथा कानूनद्वारा निर्देशित हुन्छ । पार्टी, यसको महाधिवेशनबाट पारित विधान अन्तर्गत चल्ने गर्छ । महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । यसले दिएका निर्देशन तथा निर्णय पालना गर्नु हरेक सदस्य, सम्पादन समिति, केन्द्रीय समिति र महासमितिको कर्तव्य हो । यो बाध्यकारी हुन्छ । यसमा ‘ईफ्स’ वा ‘बट्स’ अथवा अन्य बहानामा उल्लंघन गर्ने छुट हुँदैन ।

विधि मान्ने कि नेताका निर्देशन पालना गर्ने ? सच्चिने कि सकिने ? जेनजी आन्दोलनको भावनालाई आत्मसात् गर्ने कि उपहास गर्ने ? २०८२ पुस २७–३० को विशेष महाधिवेशन मार्फत प्रश्न उठाएका छन् ।

नेपाली कांग्रेसको विधानको धारा १७ (२)को प्रावधानले महाधिवेशन प्रतिनिधिहरूलाई विशेष अधिवेशन बोलाउने अधिकार छ । यस अधिकारलाई निषेध गर्न मिल्दैन । कुनै पनि बहानामा वा केन्द्रीय समितिको अकर्मण्यतामा यस अधिकारको सम्बोधन नगर्ने कुरा हुँदैन । वैधानिक तवरबाट ५४ प्रतिशत भन्दा बढी प्रतिनिधिहरूले पार्टीको केन्द्रीय कार्यालयमा दर्ता गरेको निवेदनलाई पन्छाउन खोजियो । यस वैधानिक तथा बाध्यकारी व्यवस्थालाई बहुमतका बलमा अस्वीकार गरियो । त्यस निर्णयका विरुद्धमा महामन्त्रीद्वय थापा र शर्मा, फरमुल्लाह मन्सुर, अर्जुननरसिंह केसी र उमा रेग्मीले ‘नोट अफ डिसेन्ट’ लेखेर असहमति दर्ज गरे ।

तथापि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको लोकतान्त्रिक छविलाई बचाउन सफल भए । विधान बमोजिम समयसीमा भित्र विशेष अधिवेशन बोलाएर कांग्रेसको रूपान्तरण संघर्षलाई अघि बढाए । ‘टसमस’ नहुने पार्टीका यथास्थितिवादी शक्तिलाई हल्लाए । व्यक्तिवादी चरित्र बोकेका ‘ढिट’ नेताहरूलाई बदल्ने प्रयत्न गरे । विधि मान्ने कि नेताका निर्देशन पालना गर्ने ? सच्चिने कि सकिने ? जेनजी आन्दोलनको भावनालाई आत्मसात् गर्ने कि उपहास गर्ने ? २०८२ पुस २७–३० को विशेष महाधिवेशन मार्फत प्रश्न उठाएका छन् ।

दलीय राजनीति भन्दा माथि उठेर भएको जेनजी आन्दोलनले राष्ट्रलाई परिवर्तन र शुद्धीकरणको गहिरो सन्देश दियो । नातावाद, कृपावाद तथा अवसरवाद विरुद्धको आन्दोलन थियो त्यो । भ्रष्टाचारमुक्त, दण्डहीनता अन्त्य तथा सुशासनको प्रत्याभूति मागेको थियोे । कतिपय पुराना दलका नेताले तिनका पुनित भावनाको अवमूल्यन गरेका छन् । नयाँ भनिएका पार्टी तिनका चाहनाको अन्तर्यमा पुग्ने भन्दा राजनीतिक फाइदा लिएका छन् । केही दलले जेनजी पुस्ताका अनुहार भित्र्याएर असली हकदार आपूmलाई ठानेका छन् ।

जेनजी आन्दोलनका भावनालाई गगनले आत्मसात् गर्न चुकेनन् । आन्दोलनका पीडित (घर जलाएर ध्वस्त पारिएको) भएर पनि एक परिपक्व र दूरदर्शी नेताका रूपमा देखा परे । प्राय: सबै जिम्मेवार भनी चिनिएका नेताहरूको बोली बन्द भएका बेला उनी सार्वजनिक रूपमा प्रस्तुत भए । नेपाली कांग्रेस सहितका पुराना दलहरूबाट भएका कमी–कमजोरी र गल्तीलाई स्वीकार्न हिचकिचाएनन् । माफी मागे । मुलुकको शासन पुरानो ढर्रा तथा पद्धतिबाट चल्न नसक्ने स्वीकारे । राजनीतिक रूपान्तरणका लागि आफू र आफ्नो पार्टी लागिपर्ने आत्मविश्वास साथ वचन दिए । एक अलग नेतृत्व क्षमता भएका व्यक्तित्वका रूपमा देखिए । मुलुक नै स्तब्ध भएको क्षणमा कुनै आक्रोश र आवेगमा नआई विवेकी नेताको परिचय दिए । शासन शैलीमा गल्ती भएकै हो भनेर वास्तविकता स्वीकारे । त्यसबाट पाठ सिकेर सुध्रेर अघि बढ्ने प्रण गरे ।

यतिबेला जेनजी आन्दोलनका आह्वानकर्ता मिराज ढुङ्गाना समेत विभिन्न समूह माइतीघरमण्डलामा धर्नामा र सुशीला कार्कीसँगको १० बुँदे सम्झौता विरुद्धमा आन्दोलित छन् । त्यसलाई चुनावपछिको संसद्ले अपनत्व नलिने सम्भावना देखेका छन् । कुनै सरकार ढाल्नु वा चुनावलाई दुई वर्ष अघि सार्नु आन्दोलनको मर्म नरहेको बताएका छन् । डा. निकोलस भुसाल आमरण अनशनमा बसे । सरकारले माग पूरा गर्ने आश्वासनपछि बालुवाटार (अनशन स्थलमा नभई) पुर्‍याएर प्रधानमन्त्री सुशीलाको हातबाट जुस खुवाई अनशन तोड्ने कार्य भयो । सत्याग्रहीप्रति सरकारले देखाएको सम्मान थिएन त्यो ।

जेनजीका मुख्य माग संविधान संशोधन र सुशासनको प्रत्याभूति हो । नेपाली कांग्रेसभित्र ‘विशेष महाधिवेशन प्रकरण’मा उच्च बहस र संघर्ष चलिरहेका बेला गगनले जेनजी मागको पनि चिन्ता लिएको देखिए । २०६३ सालमा सक्रिय नागरिक समाजलाई सम्झिए । संविधान जारी गर्ने बेलाको सकसमा नागरिक समूहले खेलेको भूमिकाको स्मरण गरे । फागुन २१ को चुनाव अगावै जेनजी लगायतका प्रमुख राजनीतिक दलहरूसँगको समन्वयमा संविधान संशोधनमा साझा धारणा निर्माण गर्न सकारात्मक बहस चलाउने अवधारणा अघि सारे । यसबाट आमनिर्वाचनपछि गठन हुने प्रतिनिधिसभालाई संशोधन मुद्दामा सहज हुने विश्वास गरेका छन् । जेनजी पुस्तामा चुनावपछि रहेको अन्योललाई चिर्ने प्रयासको प्रस्ताव उनले अघिसारेका छन् ।

सिद्धान्त भन्दा व्यक्तिगत स्वार्थबाट नेपालका पार्टीभित्र उथलपुथल हुने गरेको इतिहास छ । यसमा नेपाली कांग्रेस अपवाद छैन । लोकतन्त्रको स्थायित्व तथा युवापिंढीको भावनालाई मूर्तरूप दिन मुलुक चौबाटोमा खडा छ । यसबेला कांग्रेस आन्तरिक विवादमा फस्नु शुभसंकेत अवश्य होइन । यो कुनै व्यक्ति वा समूहको जीत–हारको सवाल पनि होइन । सार्वजनिक जीवनमा व्यक्तिगत चाहना, भावना तथा प्रतिष्ठाका सवालभन्दा राष्ट्रिय सवालले महत्व राख्दछ । व्यक्तिवादी चरित्रले व्यक्ति, पार्टी वा देशको भलो भएकोे छैन । कसैलाई त्यसबाट क्षणिक आनन्द होला तर देशको भविष्यमाथि दूरगामी असर पर्ने निश्चित छ । राष्ट्रले बारम्बार भोगेको तितो यथार्थ हो, यो ।

धेरैलाई लागेको थियो– दूरदर्शी नेता बीपी कोइराला एवं सन्तनेता कृष्णप्रसाद भट्टराईका अनुयायी शेरबहादुर देउवाले समयको मागलाई सम्झने, बुझ्ने छन् । उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर प्रशंसा कमाएका देउवाले विधानको पालना गर्न महामन्त्रीद्वयलाई सघाउने छन् । विशेष महाधिवेशनलाई सम्बोधन गरेर २०५१ सालमा किसुनजीले चाल्नुभएको कदमलाई पहिल्याउने छन् । गिरिजाप्रसाद कोइरालासँग रहेको चरम तिक्तता तथा पार्टी टुक्रिनबाट बचाउन खेलेको भूमिकालाई आत्मबोध गर्नेछन् । तर देउवा किन यस सवालमा चुके ? वैधानिक विशेष महाधिवेशनमा किन गएनन् ? विधिको शासनलाई किन मानेनन् ? रहस्यमय छ ।

यसबेला कांग्रेस आन्तरिक विवादमा फस्नु शुभसंकेत अवश्य होइन । यो कुनै व्यक्ति वा समूहको जीत–हारको सवाल पनि होइन । सार्वजनिक जीवनमा व्यक्तिगत चाहना, भावना तथा प्रतिष्ठाका सवालभन्दा राष्ट्रिय सवालले महत्व राख्दछ ।

गगन थापालाई अति महत्वाकांक्षी नेता भएको विश्लेषण गरेको पनि सुनियो । राजनीतिमा महत्वाकांक्षा राख्नु गलत होइन तर त्यो केका र कसका लागि भन्ने विषयले महत्व राख्दछ । पार्टी सुधार र देशको लोकतान्त्रिक भविष्य सुनिश्चित गर्न विद्रोहको आवाज उठाउनु कदापि बेठिक हुन सक्दैन । संसद्मा तिनले खेलेको सशक्त भूमिकालाई नजरअन्दाज गर्न पनि मिल्दैन । त्यसलाई कतिपयलाई अति लाग्न सक्दछ । तर गगनले आधुनिक विश्वसँग पूर्णरूपमा गाँसिएका युवा पुस्ताका भाषा बोल्न छोडेका छैनन् । यसलाई ठीक समयमा उठाइएको सही आवाज भएको सम्झनु जरूरी हुन्छ ।

जेनजी आन्दोलनले पार्टीहरूलाई रूपान्तरित हुन सशक्त सन्देश दिएको हो । पुराना नेतृत्वबाट मुलुकले सही दिशा अवलम्बन नगर्ने देखेको हो । आमनागरिकले समेत त्यही महसुस गरेका हुन् । यसमा केही दलले पुस्तान्तरणका प्रयास गरे पनि सफल भएनन् । अमूक पार्टी विघटन गरेर जम्बो केन्द्रीय समिति सहितको नयाँ नेतृत्वको भूमिकामा कायम छन् । वैकल्पित शक्ति भनिएको दलका क्रियाकलाप कस्ता छन् ? समानुपातिक सूचीसम्म आइपुग्दा देखिएको छ । र गगन–विश्व टिमले पुस्तान्तरणको मुद्दा छोडेनन् । कठिन परीक्षामा उत्रिए । सफल भए पनि त्यसलाई दलभित्र सर्वस्वीकार्य बनाउन भने सकेका छैनन् ।

मुलुकले संकट झेलेको अवस्थामा नेपाली कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गरेको इतिहास छ । देशको राजनीतिले यतिबेला शुद्धीकरण र रूपान्तरण खोजेको शेरबहादुर दउवाले बुझेका छन् । विशेष महाधिवेशन पक्षमा वकालत गरेका शेखर कोइरालाको समन्वय भूमिका पार्टी र राष्ट्रको लागि विशेष महत्व राख्दछ । ‘पार्टी फुटेको’ भाष्यलाई समाप्त पार्न यी दुई नेतामाथि ऐतिहासिक जिम्मेवारी छ । विधिवत् सम्पन्न विशेष महाधिवेशनको आदेशलाई स्वीकार्नु सबैको हितमा हुन्छ । कानूनी लडाइँमा प्रवेश गर्नु ‘महाभूल’ हुनेछ । मुलुकले राजनेताको अवतरण देख्न चाहेको छ । यस वास्तविकतालाई स्वीकार्नु र सहयोग गर्नु दुवै नेताको महानता हुनेछ । अनि नेपालको राजनीतिक इतिहासमा धन्यवादका पात्र बन्नेछन् ।

चरण प्रसाई

लेखक

चरण प्रसाई

जवाफदेहिता निगरानी समितिका लेखक एमनेस्टी इन्टरनेशनलमा कार्यरत छन् ।

  • ५ माघ २०८२, सोमबार ०९:४८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU