सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

आयोजक सुप उद्घाटन खेलमै बाहिरियो
"काक्करभीट्टाले ७(६ को जित दर्ता गर्यो  "

धनगढी २४ पुष । धनगढी (गोलरक्षक दिप कार्कीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि मेची नेत्रालय काक्करभीट्टा ट्रेनिङ सेन्टरले तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम ११ क्लबलाई पराजित गरेको छ । निर्धा्रित समय गोलरहित बराबरीमा सकिएपछि सडन डेथमा काक्करभीट्टाले ७(६ को जित दर्ता गर्यो ।

धनगढी रंगशालामा मंगलबार खेलको अधिकांश समय आक्रामक रणनीतिमा खेलेको घरेलु टोलीले गोल गर्न भने सकेन । खेलको दशौं मिनेटमा नै विनोद केसीको प्रहारमा राम्रो नियन्त्रण नहुँदा फुस्केको बलमा अब्दुल रहमानले गरेको प्रहार गोलरक्षक दीप कार्कीले सहजै बचाए । २३ औं मिनेटमा विनोद केसीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको भली प्रहारलाई गोलरक्षक दीपले उत्कृष्ट डाइभ दिएर विफल पारे । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गियो ।

दोस्रो हाफको पाँचौ मिनेटमा चेतन थारुले गरेको हाफ भलीलाई गोलरक्षक दीपले बचाए । नवौं मिनेटमा भुषण लिम्बूको फ्रिकिकमा विकास राईको हेडरले पोस्टको दिशा लिन सकेन । खेलको अन्तिम समयमा विनोद केसीको प्रहार डिफेन्सलाई लागेर फर्कंदा रिबाउन्डमा आएको बलमा माधव भण्डारीले गोल गर्न सकेनन् ।

सडन डेथमा लावल ओलाकानको प्रहार अकासिएपछि काक्करभीट्टाको जित पक्का भएको थियो । त्यसअघि सडन डेथमा नै माधव भण्डारीको प्रहारलाई दिप कार्कीले उत्कृष्ट बचाउ गर्दै सुदूरलाई जित दर्ता गर्नबाट बाधक बनेका । दिपले त्यसअघि सुदूरका राकेश हमालको प्रहार पनि बचाएका थिए । सुदूरका लागि अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिम तामाङ र चेतन कुमार थारुले गोल गरे । काक्करभीट्टाका भुषण लिम्बू, अजित गुरुङ, विश्वास श्रेष्ठ, दिप कार्की, निशान लिम्बू, विकास राई र विशाल राईले गोल गरे । कप्तान खामिर गिल्सान र लक्ष्मण जिसीको प्रहार भने गोल हुन सकेन ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका काक्करभीट्टाका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ हात पारे । विजयी टोलीका प्रशिक्षक कर्ण थापामगरले प्रशिक्षणको समय नपाउँदा खेलाडीमा समन्वय नभएको बताए । ’ हामीले अधिकांश समय दबाबमा रहेपनि जित दर्ता गर्यौं । प्रशिक्षणको समय नपाउँदा टोलीमा समन्वयको कमि देखियो । अब तीन दिन समय पाएका छौं, प्रशिक्षणमा मिहिनेत गरेर अर्को खेलको लागि तयार हुनेछौं ,’ उनले भने । त्यसअघि प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । विजेता टोली काक्करभीट्टाले अब पुष २८ गते एपीएफकोसामना गर्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार हुने खेलमा ने

  • २४ पुष २०७५, मंगलवार १६:०७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU