नेपाल पत्ररकार महासंघका पूर्व सभापति एवंम पूर्वमन्त्री होमनाथ दाहाल रहनु भएन
काठमाडौं, २६ पुस । पूर्वमन्त्री तथा नेपाल पत्रकार महासङ्घका पूर्व सभापति होमनाथ दाहालको निधन भएकोछ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक येाद्धा, वरिष्ठ पत्रकार , विपि विचारका सच्चा अभियन्ता दाहालको पुस २५ गते निधन भएको हो ।
८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए । पुस २५ गते साँझ वीर अस्पतालमा उपचारार्थ पुर्याउदै गर्दा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । ओखलढुंगा जिल्लाको रामपुर जन्मेका दाहाल नेपाली कांग्रेस प्रजातान्त्रिकको प्रवक्ता समेत भएका थिए । उनी पूर्व कृषिमन्त्री हुन् ।
दाहालकी धर्मपत्नी सुधा दाहाल पनि विरामी परेको र वीर अस्पतालमै उपचारार्थ छन् । उनका डा. सुधाम्शु दाहाल र हिमाम्सु दुई छोरा छन् ।
दिबंगत दाहालको आज विहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास( मैतीदेवी नजीक धोवीखोलापट्टी ) मा श्रद्धान्जलि अर्पण गरिने र ९.३० पछि पशुपति आर्यघाटमा श्रद्धान्जलि तथा दाह संस्कार गरिने पारिवारिक श्राेतले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया