सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गोल्डकप तयारी पूरा, सुदुरपश्चिमले पर्वको रुपमा मनाउने

धनगढी – सुदुरपश्चिमको धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । सोमबार खेलस्थल धनगढी रंगशालामा आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकोछ।

सम्मेलनमा बोल्दै आयोजक क्लबका अध्यक्ष सुरेश हमालले यस प्रतियोगिता आयोजक क्लबको मात्र नभएर समग्र सुदूरपश्चिमेली जनताको रहेको र यसलाई एक पर्वको रुपमा मनाइने अभिव्यक्ति दिए । łयो गोल्डकप हामी सबै सुदूरपश्चिमका जनताको हो । हामीले दशैं, माघीलगायत पर्व मनाएझैं यसलाई पनि एक पर्वको रुपमा लिनुपर्छ । सुदूरपश्चिमको फुटबलमा मात्र नभएर यस प्रतियोगिताले राष्ट्रव्यापी रुपमा नै हाम्रो फुटबललाई बेग्लै पहिचान दिएको छ,’ अध्यक्ष हमालले भने । हमालले प्रतियोगिताले पछिल्लो समय ठूलो स्वरुप लिंदै गएको र छोटो समयमै देशकै उत्कृष्ट प्रतियोगिताको रुपमा स्थापित गर्न सफल रहेको पनि बताए ।

पत्रकार सम्मेलनमा कैलाली खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले खेलस्थल धनगढी रंगशालाको स्तरोन्नतिको कार्य अगाडी बढेको पनि जानकारी दिए । łखप्तड गोल्डकपक लागि हामी सबै सुदूरपश्चिमवासी एकसाथ बढ्नु जरुरि छ । हामीले संस्थागत र व्यक्तिगत रुपमा प्रतियोगितालाई भव्य बनाउन सक्दो प्रयास गरेका छौं,’ उनले थपे, łराखेपले रंगशाला स्तरोन्नतिका लागि टेन्डर प्रक्रिया सुरु गरिसकेको छ । केहि दिनमा टेन्डर प्रक्रिया सकिएपछि निर्माणको कार्य चाडैं सुरु हुने विश्वास लिएका छौं ।’

DCIM102GOPROGOPR3353.JPG

कुल १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार आयोजक टोली सुदूरपश्चिम(११ र मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्नेछन् । उद्घाटन खेल २ः३० बजे सुरु हुनेछ । त्यसअघि मध्यान्ह १२ बजे चौराहाबाट झाँकीसहितको र्याली प्रतियोगिता स्थलसम्म पुगेर उद्घाटन समारोह सुरु हुने कार्यक्रम रहेकोछ ।

मोफसलकै सर्वा्धिक धनराशीको प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५(१५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।

यसअघि नै प्रतियोगिता संचालनका लागि आवश्यक उपसमितहरु गठन गरिएको छ । प्रायोजक उप समितिको संयोजक वावुराजा श्रेष्ठ, आर्थिक उपसमितीका संयोजक योगेन्द्र चन्द, टिकट उपसमितीका संयोजक धुव्र वराल, मिडिया संयोजक ओम चन्द, कार्यालय तथा सचिवलाय उप समितिका संयोजक देवेन्द्र जोशी र मैदान मर्मत उप समितीका संयोजक चक्र मल्ल रहेका छन् । होटेल व्यवस्थापन उपसमितीका संयोजक तेज खड्का, पार्किङ व्यवस्थापन उपसमितीका संयोजक खड्ग शाह र व्यानर व्यवस्थापन उपसमितीका संयोजक राजेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

प्रतियोगितामा दर्शकहरुले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ । क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैया तोकिएको छ ।

  • २३ पुष २०७५, सोमबार १२:५२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU