विशेष महाधिवेशन पक्षधरले पुस २७–२८का लागि गरे भृकुटीमण्डपको हल बुक
काठमाडौं १७ पुष । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हल बुक गरेका छन् ।
विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाइएको थियो।
२ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो ।
कांग्रेस विधानमा ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विशेष कारण खोली हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलनको नेतृत्वकर्ता मनोजमणि आचार्यले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हल बुक गरिएको जानकारी दिए।
पार्टीले नियमित महाधिवेशन नगरेका कारण दुई दिन भृकुटीमण्डपमा विशेष महाधिवेशन हुने बताए। उनले
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको संयोजक बन्ने छन्। उनीहरुले पार्टी सभापति देउवालाई अध्यक्षताको लागि आग्रहसहित पत्र दिने बताइएको छ।
– अग्नीरेखाबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया