सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

रूसी राष्ट्रपतिको निवासमा ९१ वटा ड्रोनबाट आक्रमणको दाबी, युक्रेनद्वारा अस्वीकार

काठमाडौं १६ पुष । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कुनै एउटा घरमा युक्रेनले ड्रोन हमला गरेको भन्ने रुसको आरोप अस्वीकार गरेका छन्। जेलेन्स्कीले शान्ति वार्ता अन्यत्र मोड्ने प्रयास गरेको आरोप पनि मस्कोमाथि लगाएका छन्।

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले देशको उत्तरपश्चिमस्थित नोभगोरोड क्षेत्रमा पर्ने पुटिनको सरकारी निवासमा किएभले रातभरिमा ९१ वटा लामो दूरीको मानवरहित हवाईवाहन (यूएभी) प्रयोग गरेर हमला गरेको दाबी गरेका छन्।

रुसले शान्ति वार्तामा अब आफूले आफ्नो स्थानको समीक्षा गर्ने जनाएको छ। हमलाको समयमा पुटिन कहाँ थिए भन्ने स्पष्ट छैन।

जेलेन्स्कीले लाभ्रोभको दाबीलाई “रुसी झुट” भनेर खारेज गरेका छन्। त्यसको उद्देश्य क्रेमलिनलाई युक्रेनमाथि हमला जारी राख्ने बहाना मिलेको पनि उनले बताए।

उनले पहिला रुसले किएभमा सरकारी भवनहरूलाई निशाना बनाएको बताए।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा थपे: “यो गम्भीर हो र विश्व अब चुप बस्नु हुँदैन। हामी रुसलाई दिगो शान्ति हासिल गर्ने कामलाई कमजोर पार्न अनुमति दिन सक्दैनौँ।”

सोमवार टेलिग्राममा राखिएको एउटा विज्ञप्तिमा लाभ्रोभले आफूले दाबी गरेका सबै ९१ ड्रोनहरू पुटिनको निवासमा प्रक्षेपण गरिएका र रुसी हवाई सुरक्षा प्रणालीले नष्ट गरेको बताएका थिए।

उनले हमलामा कोही हताहत भएको वा भौतिक क्षतिको विवरण नभएको बताएका छन्।

उनले भने, “आतङ्कवादको नीतिमा परिवर्तन भएको आपराधिक किएभ शासनको अन्तिम पतनलाई ध्यानमा राख्दै रुसको वार्ताको स्थिति परिमार्जन गरिने छ।”

तर उनले रुस अमेरिकासँगको वार्ता प्रक्रियाबाट बाहिरिने मनसायमा नरहेको रुसी समाचार एजेन्सी तासले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र जेलेन्स्कीबीच आइतवार फ्लोरिडामा भएको वार्तापछि मस्कोले यस्तो दाबी गरेको हो।

भेटपछि जेलेन्स्कीले सोमवार फक्स न्यूजसँग कुरा गर्दै सन् २०२६ मा यो युद्ध समाप्त हुने सम्भावना रहेको बताएका थिए।

तर उनले अमेरिकी सहयोग बिना युक्रेनले युद्ध जित्न नसक्ने बताए।

जेलेन्स्कीले भने, “राष्ट्रपति ट्रम्पको प्रतिबन्ध र आर्थिक कदमप्रति मेरो भावनाले उनी कडा कदमका लागि तयार रहेको देखाउँछ,” उनले भने।

“यस्तो अवस्थामा अमेरिकाले स्थितिलाई छिटो शान्तितर्फ लैजान सक्छ।”

युक्रेनका राष्ट्रपतिले फक्स न्यूजसँग पुटिन शान्ति चाहन्छन् र उनी पुटिनलाई विश्वास गर्दैनन् भन्ने कुनै सङ्केत नरहेको बताए।

जेलेन्स्कीले भने, “म पुटिनलाई विश्वास गर्दिनँ र उनी युक्रेनको सफलता चाहँदैनन्।”

जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई १५ वर्षका लागि सुरक्षा सुनिश्चितता प्रस्ताव गरेको र ट्रम्पले यो बिन्दुमा “करिब ९५ प्रतिशत” सम्झौता भएको बताए।

युक्रेनका नेताले क्षेत्रीय मुद्दाहरू र रुसको कब्जामा रहेको जापोरिज्जिया परमाणु केन्द्रलाई अन्तिम नसुल्झिएको मामिलाको रूपमा व्याख्या गरे र युक्रेनको विवादित डोनबास क्षेत्रको भविष्यको बारेमा प्रगतिको थोरै सङ्केत रहेको बताए। रुसले उक्त क्षेत्रलाई पूर्ण रूपमा कब्जा गर्न चाहेको पनि उनले बताए।

मस्कोले हाल डोनेत्स्क क्षेत्रको लगभग ७५ प्रतिशत र छिमेकी लुहाएन्स्कको लगभग ९९ प्रतिशत नियन्त्रणमा लिएको छ। यी दुई क्षेत्रलाई सामूहिक रूपमा डोनबास भनिन्छ।

रुसले यसअघि छलफलको क्रममा रहेको योजनाका मुख्य क्षेत्रलाई अस्वीकार गरिसकेको छ।

ह्वाइट हाउसले सोमवार अमेरिका–युक्रेन वार्तापछि राष्ट्रपति ट्रम्पले पुटिनसँग “सकारात्मक वार्ता” गरेको जनाएको छ।

क्रेमलिनका विदेश नीतिका सल्लाहकार युरी उषाकोभले सोमवार पत्रकारहरूसँग कुरा गर्दै फोनवार्ताका क्रममा पुटिनले आफ्नो निवासमा आक्रमण भएको उल्लेख गरेको बताए। अमेरिकाले शृङ्खलाबद्ध वार्ता भनेपछि उषाकोभले त्यसो भनेका हुन्।

उनले भने: “अमेरिकी राष्ट्रपति यो सूचनाबाट स्तब्ध भए, उनी रिसाए र यस्तो काम विश्वास गर्न सकेनन्। यसले पक्कै पनि जेलेन्स्कीसँग काम गर्ने अमेरिकी दृष्टिकोणलाई असर गर्ने बताइएको थियो।”

पत्रकार सम्मेलनमा ट्रम्पले सुरुमा आफूलाई घटनाबारे थाहा नभएको बताएका थिए तर पछि पत्रकारहरूले आफूलाई पुटिनले यसबारे जानकारी गराएको र यसबारे आफू निकै आक्रोशित भएको बताएका थिए।

रुसको दाबीलाई समर्थन गर्ने कुनै प्रमाण अमेरिकाले देखेको छ कि छैन भन्ने प्रश्नमा उनले भने, “हामी पत्ता लगाउने छौँ। तपाईँ भन्दै हुनुहुन्छ कि सायद आक्रमण भएको थिएन – यो पनि सम्भव छ, मलाई लाग्छ। तर राष्ट्रपति पुटिनले आज बिहान मलाई आक्रमण भएको थियो भने।”

  • १६ पुष २०८२, बुधबार १०:४५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    सुदूरपश्चिमेली नेपाली समाज जापानको सपथ ग्रहण तथा सम्मान कार्यक्रम सम्पन्न
    एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे ‘टोकियो घोषणा पत्र–२०२६’ जारी

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU