उदारणीय संरक्षण कारण सामुदायिक बनमा बाघ देखिन थाले " बिजयसालको संरक्षण संगै होमस्टे सञ्चालन "
निराजन परियार धनगढी । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका २ बाणीमा रहेको श्री जनहित महाकाली सामुदायिक बनलाई सुन्य चरिचरण घोषणा गरे पछि जनावरको संख्या पनि बढ्दै गएको छ ।

व्यवस्थित बन संरक्षण र सुन्य चरिचरणका साथै उपभोक्ताहरु संरक्षणमा क्रियाशिल भएपछि अहिले बनमा बाघ देखिन थालेको छ ।
बन क्षेत्रको नजिक बसालिएका कञ्चनपुरका मुक्त कमैया परिवारले आफुहरुलाई लाग्दै आएको बन बिनासको आरोप व्यवस्थित रुपमा बन सँरक्षण गरेर गलत साबित गरिदिएका छन ।

सरकारले २०५७ साल साउन २ गते दाँङ देखि कञ्चनपुरसम्मका ५ जिल्लाका १८ हजारको सँख्यामा रहेका कमैया परिवारलाई मुक्तिको घोषणापछि बन क्षेत्रमा पुर्नस्थापन गर्दै आएदेखि बन बिनासको उनीहरुलाई आरोप लाग्दै आएको थियो ।
वाणी शिविरका मुक्त कमैया परिवारले दुई वटा सामुदायिक बनलाई व्यवस्थित सँरक्षण‚ सुन्य चरीचरण‚ लोपोन्मुख बनस्पतिको व्यवसायी उत्पादन र होमस्टे समेत सञ्चालन गरेर यतिखेर चर्चा मात्र पाई रहेका छैनन राम्रो आम्दानी गर्न सफल भएका छन ।

सामुदायिक बन र जयलक्ष्मी महिला सामुदायिक बनमा सुन्य चरीचरण‚ लोपोन्मुख बनस्पति विजयसालको व्यवसायी उत्पादन र विजयसाल सामुदायिक होमस्टे सञ्चालन गरेर राम्रो आम्दानी भएको जनहित महाकाली सामुदायिक बन उपभोक्त समुहका सचिव शालिकराम चौधरी बताए ।

नेपाल सन्दर्भको टीम सामुदायिक बनमा समाचार संकलनका लागि पुग्दा बाघ र बाघको बच्चा बाटोमा हिडेको छाँप समेत देखिएको थियो ।

मुक्त कमैया परिवारले व्यवस्थित रुपमा बन सँरक्षण गरेका कारण जनहित महाकाली सामुदायिक बन उपभोक्ता समुहले गणेशमान सँरक्षण पुरस्कार समेत प्राप्त गर्न सफल भएको सामुदायिक बन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले बताए ।
आयश्रोत नभएका दैनिक मजदुरी गरेर जीवनयापन गर्दै आएका मुक्त कमैया परिवारहरु बन सँरक्षणमा सक्रिय त भएका छन नै माघि पर्व नजिकीदै गर्दा सामुहिक रुपमा सञ्चालन भएको होमस्टे कारण वाणी मुक्त कमैया शिविरमा हिजो आज रौनक छाएको छ ।

राजकुमारी चौधरी सामुदायिक होमस्टेय सञ्चालनले जीवन शैली नै बदलियो बताए ।
कृष्णनपुर नगरपालिका २ बाणिका मुक्तकमैयाहरुले ५ वटा घरमा होमस्टे सञ्चालनमा ल्याएका हुन् । उनिहरुले बिजयसाल सामुदायिक होमस्टे नाम गरेर सञ्चालन गरेका हुन् ।
अहिले त्यस क्षेत्रका मुक्तकमैयाहरु सामुदायक बन र होमस्टे अर्थात घरबास सञ्चालन गरेर जिबिको पार्जन समेत गर्न थालेको जनहित महाकाली सामुदायिक बन उपभोक्त समुहका अध्यक्ष प्रदेशु चौधरीले बताए ।
होमस्टेमा आउने पर्यटकहरुलाई घरेलु बातावरणमा बस्न उनिहरुले आफनो स्थानिय समुदायको मौलिक खानाका स्वादहरु उपलब्ध गराउने गरेका छन् ।

त्यति मात्र होईन आएका अथितीहरुलाई आफ्नो समुदायको साँकृतिक संरक्षणका साथमा सांस्कृतिक नृत्य समेत देखाउने गरेका छन् ।
होमस्टे सञ्चालनमा आए देखि मुक्तकमैया बस्तीको रौनक नै फरक भएको छ स्थानियहरुको भनाई छ ।
राजमार्ग संग जोडिएको होमस्टेमा अहिले दैनिक जस्तो पर्यटकहरु आउने गरेका छन् ।
सो होमस्टेमा लोकल मासु, थारूको मौलिक परिकार घुँगी र चिचर, माछा, र आग्र्या्निक सागसब्जीको लगाएत उपलब्ध हुने छन् । सो क्षेत्रमा आएका पर्यटकले वन्यजन्तु अवलोकन गर्ने सक्नेछन् । मुक्तकमैया शिबिरमा होमस्टे अर्थात घरबास सञ्चालनमा आएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया