सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

केन्द्रीय सदस्यमा पराजित भएपछि पूर्वमाओवादी नेताले त्यागे एमाले

सुर्खेत ४ पुष । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि पूर्वमाओवादी नेता ठम्मर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो वक्तव्य जारी गर्दै उनले एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

कर्णाली प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका विष्टले जम्मा ८७५ मत प्राप्त गरी पराजय बेहोरेका थिए । अध्यक्ष केपी शर्मा ओली समूहबाटै टिकट पाउनेमा विश्वस्त रहेका विष्ट अन्तिम समयमा ओलीको आधिकारिक सूचीमा नअटाएपछि ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका थिए ।

सुर्खेत निवासी विष्ट तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुग्दा कर्णाली प्रदेश सभा सदस्य पदसमेत त्यागेर एमालेमा प्रवेश गरेका थिए । २०७४ मा सुर्खेत १ (१) बाट माओवादी केन्द्रका तर्फबाट प्रत्यक्ष निर्वाचित विष्टले सांसद पदको त्यागलाई एमाले नेतृत्वले कदर नगरेको गुनासो गरेका छन् ।

राजीनामा पत्रमा विष्टले अध्यक्ष ओलीसँगको भेटमा आफूले ‘दास र मालिक’ को जस्तो व्यवहार महसुस गरेको गम्भीर आरोप लगाएका छन् । मंसिर २४ गते अध्यक्ष ओलीसँग भएको ‘वन टु वन’ वार्तामा ओलीले ‘सीसी बैठकमा किन त्यस्तो बोलेको ? मलाई सबै थाहा छ’ भन्दै हप्काएको र आफूलाई सम्मानित कार्यकर्ताभन्दा पनि क्षमादान माग्न आएको दास जस्तो व्यवहार गरिएको उनले उल्लेख गरेका छन् ।

विष्टले एमालेभित्र पूर्वमाओवादी वा अन्य पार्टीबाट आएकाहरूलाई सधैं ‘अंगीकृत’ र दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘वंशज र अंगीकृतको रूपमा वर्गीकृत गर्दै गुण्डु हेडक्वार्टरबाट संस्थागत लिस्ट वितरण गरियो । साम, दाम, दण्ड, भेद प्रयोग गरी म लगायतका नेता–कार्यकर्तालाई चक्रव्यूहमा पारेर हराइयो ।’

जननेता मदन भण्डारीको विचारलाई कैद गरिएको र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समेत अपमान गरिएको भन्दै उनले एमाले नेतृत्व आदर्श र मूल्य मान्यताबाट स्खलित भएको निष्कर्षसहित पार्टी छाडेको बताएका छन् ।

  • ४ पुष २०८२, शुक्रबार ०६:३७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU