कांग्रेस नेता उपाध्यायद्वारा घरदैलो अभियान प्रारम्
काठमाडौं ३८ मंसिर । नेपाली कांग्रेसका युवा नेता मदनराज उपाध्यायले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा घरदैलो अभियान थालेका छन्। कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका उपाध्यायले आज कञ्चनपुरको डोकेबजारमा पत्रकार सम्मेलन गर्दै अभियान थालनीको घोषणा गरेका हुन्।
‘भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि नेपालको राजनीतिक तथा मनोसामाजिक परिदृश्य फेरिएको छ। जनता चरम निराशामा छन्। युवामा स्वर्णिम भविश्यको सपनाभन्दा अन्यौलता देखिएको छ। म पनि जेनजी आन्दोलनकै युवा उमेर समूहमा नै पर्छु। तर, मैले निराशा मात्र देखिरहेको छैन। आसाको झुल्के घामका कोमल किरणलाई हामीले नजरअन्दाज गर्नु हुँदैन। असहजता भित्रै सहजता खोज्नुपर्छ। सधैँ हामीले साचे झैँ परिस्थिति अनुकूल भइरहन्छ भन्ने पनि छैन। प्रतिकुल बन्दा त्यसलाई राजनीतिले अनुकूलतामा ल्याउन सक्नुपर्छ। अहिले जनताले त्यस्तै सम्भावनाको खोजी गरिरहनु भएको छ। म एक सचेत नागरिक हुँ। यस पटक मैले मेरो क्षेत्रका ४ ओटा पालिकाका ३२ वार्डमा पैदलयात्रा गर्न चाहेको घोषणा गर्दछु,’ उनले भने।
आफ्नो क्षेत्रका जनताको आर्थिक, सामाजिक, भौतिक, सांस्कृतिक अवस्था बुझ्न र समाजसँग दूरी निकट बनाउन आफूले पैदल यात्रा गर्न चाहेको उनले बताएका छन्। ‘समाजमा प्रतिब्यक्ति आय, उधमशिलता, युवाको अवस्था, वृद्धवृद्धाको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिको अवस्था के छ? जनताको दिनचर्या कसरी व्यतित भइरहेको छ भन्ने विषयमा जानकारी लिँदै म आफू बाचेको समाज बुझ्न चाहन्छु। र, त्यसबाट सिकेका पाठलाई आफ्नो राजनीतिक यात्रामा अवलम्बन गर्न चाहन्छु। लेख, रचना र विभिन्न बहसका माध्यमबाट नागरिकको आवाज कांग्रेस र राज्यको दैलोमा पुर्याउने मेरो अभिष्ट हो,’ उनले भने।
आफूले आम नागरिक, बौद्धिक ब्यक्तित्व, शिक्षक, प्रध्यापक, किसान, श्रमिक वर्गलगायतसँग साक्षात्कार गर्ने उनले जानकारी दिए। उनले कञ्चनपुर क्षेत्र नम्बर १ लाई कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धिको हव बनाउनुपर्नेमा जोड दिएका छन्।
त्यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सके आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने उनको बुझाइ छ। ‘हाम्रो क्षेत्र पर्यावरण, जंगल, निकुञ्ज, ताल–तालाउ, नदी–नाला, सांस्कृतिक तथा धार्मिक स्थलले भरपूर छ। यसै क्षेत्रमा थारु संग्राहलय छ। तामाङ समुदायका गुम्बा, मस्जिद र मन्दिर धार्मिक धरोहरले यो भूमि बैभवशाली छ। सबै जाति, धर्म र संस्कृतिका मानिसहरुको बसोबार रहेको यो भूमि विविधताको सम्मान गर्दै अगाडि बढिरहेको छ। हाम्रो सामूहिक यात्रामा यिनै रंगीन संस्कृतिहरूले समाजलाई अझ समृद्ध, सुदृढ र जीवन्त बनाइरहेका छन्। यिनीहरूको राम्रो प्रचार गर्न सके पर्यटक भित्र्याएर मनग्य आम्दानी गर्न सकिन्छ,’ उनी भन्छन्।
प्राकृतिक, धार्मिक र सांस्कृतिक अभिरुची भएका पर्यटकहरू गेटा विमानस्थल पुग्दा अवश्य पनि कञ्चनपुर क्षेत्र नम्बर १ घुम्न लालायित हुने वातावरण निर्माण गर्न समाजका सबै तह र तप्काका व्यक्तिहरू सक्रिय हुनुपर्ने उनको भनाइ छ।
उनले नयाँ पुस्तामा अन्तर्वार्ता दिने, सामाजिक सञ्जालमा सक्रिय हुने, गाउँ बस्तीमा नपुग्ने र राजनीतिमा एकै पटक हाबी हुन खोज्ने प्रचलन बढेको भन्दै असन्तुष्टि जनाएका छन्। ‘साँचो नेता भनेकै जनताभित्रै जन्मिन्छ र जनताको घर–आँगनमा पुगेर उनीहरूको पीडा, समस्या तथा आकांक्षा बुझ्न खोज्छ। राजनीति मिडिया ट्राइल हुँदै होइन, यो देशकै सर्वोत्कृष्ठ नीति हो। जयसले राज्यका सबै निकायलाई सही मार्गमा मागृ निर्दिष्ट गरिरहेको हुन्छ। जनतासँगै हिँड्न सक्ने, सुन्न सक्ने र बुझ्न सक्ने पुस्ता मात्रै नयाँ राजनीतिक संस्कार निर्माण गर्न सक्षम हुन्छ,’ उनले भने।
नेपाली कांग्रेसले ३५ मुनीका युवाहरूलाई एक जना प्रत्यक्ष र एक जना समानुपातिक गरी अनिवार्य सिफारिस गर्नुपर्ने र नत्र आफूले पार्टी कार्यालयमा अनसन बस्ने उनले चेतावनी दिएका छन्। ‘म यस अभियानबाट ‘जन मनमा कांग्रेस, घरघरमा कांग्रेस’ अवधारणा अघि बढाउन चाहन्छु। तर, यो अभियान कुनै राजनीतिक पद वा प्रभावका लागि होइन। यो जनताको जीवन, समस्या र समाधानका उपाए खोज्ने पवित्र प्रयास हो। जनतासँग कांग्रेसको दूरी बढिरहेको समयमा अन्य नेताहरूलाई पनि म यस्तै अभियान सञ्चालन गर्न आग्रह गर्दछु,’ उनले भने।
उनले राष्ट्र बलियो बनाउन नागरिक स्वतन्त्र, शिक्षित र आत्मविश्वासी हुनुपर्ने पनि जोड दिएका छन्। ‘हाम्रो आयआर्जनको मुख्य स्रोत कृषि हो। तर, कृषिमा आधुनिक प्रविधि, पर्याप्त सिँचाइ र बजार पहुँचको कमीले अपेक्षित उत्पादन हासिल गर्न सकेका छैनौं। किसान अझै परम्परागत खेतीमा निर्भर छन्। युवामा स्वरोजगारभन्दा वैदेशिक रोजगारतिर आकर्षण बढ्दो छ। दैनिक मजदुरीमा आधारित परिवारहरूको आयस्थिर राम्रो छैन। साना उद्योग, उद्यम र सेवा–व्यवसाय विस्तार हुन सकेको छैन। यसमा हामीले के गर्न सक्छौं भन्नेमा म सुझाव संकलन गर्ने छु र पार्टी नेतृत्वलाई सुझाव बुझाउने छु,’ उनले भने।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया