पाँचौ राष्ट्रिय अधिवेसन सम्पन्न अध्यक्षमा कैलालीकी तुल्सी देवकोटा चयन
काठमान्डौ २१ पौष । राष्ट्रिय जनवकालत मञ्च (नाफान)को पाचौ राष्ट्रिय अधिवेसन अध्यक्ष भोला प्रशाद भटृराईको अध्यक्षतामा सम्पन्न भएको छ । काठमान्डौको ववरमहलमा २० पौष देखी सुरु भएको अधिवेसन तुलसी देबकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्व सम्मत आज चयन गरिएको छ । उपाध्यक्षमा हरि देबकोटा,सचिव गोमा खनाल, सहसचिव किरण वर्मा,कोषाध्यक्ष सरस्वति परियार,सदस्यहरु अमीका राजथला,निरा पोखरेल,चन्द्र प्रशाद थानी,शोभा न्यौपाने,यन्जय निरौला,नवराज पोखेरेल चयन हुनु भएको छ ।

२० संस्थागत सदस्य ५० साधारण सदस्य रहेको मञ्चले आफनो पाचौ वार्षिक उत्सव सफलता पुर्वक सम्पन्न गरिएको संस्थाका नि. अध्यक्ष भोला प्रशाद भटृराईले जानकारी गराउनु भएको छ । साथै संस्थाले हाल वनवाताबरण संरक्षण, जलवायू परिवर्तन न्यूनिकरण,नितिगत पैरवी अभियान,दलित जनजाति, महिला र विपन्न वर्गको अधिकार सुनिश्चिताको लागी काम गदै आएको,रेड प्लस र समुदायका अधिकारको लागी देश भरी बिभिन्न काम गरि रहेको अधिवेसनमा जानकारी गराएको छ । नवनिर्वाचित अध्यक्ष देबकोटाले संस्थाले हाल सम्म गरि रहेका अभियान लाई निरन्तरता दिदै ७ वटै प्रदेशमा अधिकारका क्षेत्रमा जनवकालत गदै समुदायको हकहितको लागी काम गर्ने धारणा ब्यक्त गर्नु भएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया