सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

१४औं मा २२ भोटेदेखि सर्वाधिक मत ल्याउनेसम्म
"नेपाली कांग्रेसको सभापतिका आकांक्षीहरु "

काठमाडौं १९ मंसिर । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा क्रम सुरु भएको छ । १४औं महाधिवेशनका महामन्त्रीका चर्चित अनुहार गगन थापादेखि सभापति पदका प्रत्यासी २२ मत पाउने कल्याण गुरुङले समेत यस पटक पनि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

जसअनुसार १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग निकै नजिकको प्रतिस्पर्धाबाट बाहिरिएका डा. शेखर कोइरालाले पनि १५औं महाधिवेशनको सभापतिमा आफ्नो उम्मेदवारी शसक्त रुपमा अगाडि बढाउने घोषण गरिसकेका छन् । डा. शेखर कोइराला १४ महाधिवेशन पश्चात देशव्यापी अभियानमा निरन्तर लागि पर्दै आएका छन् । यद्यपी १४औं महाधिवेशनमा शेखर कोइराला सभापतिका प्रत्यासी थिए भने गगन थापा महामन्त्रीमा उम्मेदवारी दिएर सर्वाधिक ३ हजार २३ मत ल्याएर विजयी भएका थिए ।

त्यसैगरी १४औं महाधिवेशनमा पहिलो चरणमा सभापति पदका उम्मेदवारहरुको कसैको पनि ५१ प्रतिशत नपुगेपछि दोस्रो चरणमा डा. शेखर कोइरालाले सभापतिमा शेरबहादुर देउवासँगै १८ सय ५५ मत प्राप्त गरेका थिए । दोस्रो चरणको निर्वाचनमा सभापतिको उम्मेदवार बनेर तेस्रो मत प्राप्त गर्ने प्रकाशमान सिंहले ३७१ मत प्राप्त गरेका थिए भने चौथो मत प्राप्त गर्ने विमलेन्द्र निधि २५० मत प्राप्त गरे । पाँचौं मत प्राप्त गर्ने २२ भोटे कल्याण गुरुङले समर्थन गरेपछि देउवाले २७३३ मत प्राप्त गरी सभापतिमा विजयी भएका थिए ।

यसैगरी सात भाइमा चर्चित अनुहारहरु जसले नेपाली कांग्रेसको आन्तरिक राजनीतिलाई आफ्नो बर्चश्वबाट गुमाउन नदिन १५औं महाधिवेशनको समय तालिका समेत ल्याउन नदिएपछि वर्तमान सभापति शेरबहादुर देउवाको प्रत्यक्ष हस्तक्षेपपछि गोपालमान श्रेष्ठ, शंशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशर महत, विजयकुमार गच्छदार पछि हटेका थिए ।

यी सात भाइमध्ये एउटाको नाममा सर्वसम्मत बनाउने प्रयास जारी रहेपनि सातमध्येकै विमलेन्द्र निधि र प्रकाशमान सिंहले सभापतिको उम्मेदवार घोषणा गरेका छन् । पाँचमध्ये तीनले पनि सभापति उम्मदेवारको आकांक्षी रहेको बताइन्छ ।

कांग्रेस महामन्त्री गगन थापाले आसन्न महाधिवेशनमा सभापतिमा उठ्ने बुधबार टेलिभिजन कार्यक्रम मार्फत घोषणा गरेका छन् । हिमालय टिभीको अन्तर्वार्ता कार्यक्रम ‘यक्ष प्रश्न’ मार्फत महामन्त्री थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यद्यपी १४औं महाधिवेशनमा एउटै समूहबाट सभापतिका प्रत्यासी डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच सहमति गराउने प्रयासमा गुरुराज घिमिरे, देवराज चालिसे लगायतका नेताहरु लागि परिरहेका बताइन्छ ।

त्यसैगरी १४ औं महाधिवेशनमा २२ मत पाएका कल्याण गुरुङ पछिल्लो समय जेनजीको आन्दोलन र विशेष महाधिवेशनको अभियानकर्ता दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको तिखो आलोचकको रुपमा प्रस्तुत हुँदै आएका छन् । मंसिर १७ गते बसेको केन्द्रीय समितिले सर्वसम्मतरुपमा नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसक्दा पनि १५औं महाधिवेशन हुन नसक्ने भन्दै बताउँदै आएका छन् । यता सक्रिय सदस्य छानविन समितिका एक सदस्यका अनुसार बुधबारसम्ममा ४ लाख सक्रिय सदस्यहरुको सदस्यता टुंग्याइएको र अब दुई तीन दिनभित्रै अरु ४ लाख टुंग्याउने बताए।

-विकल्पबाट

  • १९ मंसिर २०८२, शुक्रबार १०:२७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU