सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पुष मसान्तभित्र महाधिबेशन गर्न संस्थापन पक्ष सकारात्मक, शुक्रबारको बैठकमा मध्यमार्गी प्रस्ताब ल्याईने

काठमाडौं ११ मंसिर । नेपाली कांग्रेसमा नियमित वा बिशेष महाधिबेशन मध्ये के गर्ने र कहिले गर्ने भन्ने बिषयमा लामो समयदेखिको अन्योल यथाबत छ। जसका कारण केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु पनि विभाजित हुँदा असोज २८ गतेदेखि बसिरहेको केन्द्रीय समितिको बैठक अझै टुंगिन सकेको छैन।

पार्टीका महामन्त्री गगन थापा पक्षधर महाधिबेशन प्रतिनिधि सहितका कार्यकर्ताहरु मङ्सिरमा नियमित महाधिबेशन नहुने भए पुष महिनामा बिशेष महाधिबेशन गर्नुपर्ने भन्दै बिभिन्न किसिमका भेला र बैठकहरु गर्नमा व्यस्त छन। यस अगाडी फागुन २१ को चुनाबपछि महाधिबेशन गर्ने भन्ने सोचमा रहेको पार्टीको संस्थापन समूहले अहिले आएर पुस मसान्तसम्म पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन सकारात्मक देखिएको छ ।

पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले असोज २८ देखि केन्द्रीय समितिको बैठक बोलाउने र पार्टीको संस्थापन र इतर पक्षलाई बोलायेरा छुट्टाछुट्टै बैठक बसाल्ने क्रमलाई निरन्तरता दिंदै आएको भएपनि टुंगोमा पुग्न नसकेपछि पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा बिहीबार संस्थापन पक्षका नेताहरूको बैठक बसेको बताइएको छ। उक्त बैठकमा पुस मसान्तममा मध्यमार्गी कार्यतालिका ल्याउन नेताहरू सकारात्मक देखिएको श्रोतले जनाएको छ।

पार्टीको केन्द्रीय समिति नै अनिर्णयको बन्दी बनेपछि सभापति देउवाले आफ्नै निवासमा आंफ्नो समूहका पदाधिकारीहरू, पूर्वपदाधिकारीहरू र केही वरिष्ठ नेताहरूलाई बोलाएर बैठक बसालेको र उक्त बैठकमा फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन गर्न नेताहरु सकारात्मक देखिएको बुझिएको छ ।

देउवा निवासमा भएको बैठकमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौलासहित वर्तमान पदाधिकारीहरू प्रवक्ता डा. प्रकाशशरण महत, प्रचार विभाग प्रमुख मीन विश्वकर्मालगायतका नेताहरू सहभागी रहेको बताइएको छ ।

यस अगाडी गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६ गतेदेखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका ल्याएका थिए । त्यसलाई काउन्टर दिंदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेपछि विवाद भइरहेको छ ।

महामन्त्री थापाको कार्यतालिकालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित इतर समूहका केही नेता र सहमहामन्त्री यादवको प्रस्तावलाई संस्थापन समूहले समर्थन गरेपछि महाधिवेशनको विवाद चरम उत्कर्षमा पुगेको थियो । निर्वाचन अगाडि महाधिवेशन गर्नै नहुनेमा सात पूर्व पदाधिकारीहरू निधि, श्रेष्ठ, गच्छदार, सिंह, डा. कोइराला, सिटौला र डा. महत थिए । यी पदाधिकारीहरू पनि देउवाले आह्वान गरेको छलफलमा निर्वाचन अगाडि महाधिवेशनको प्रक्रिया सुरु गर्न सकारात्मक देखिएका हुन् ।

छलफलमा सहभागी प्रचार विभाग प्रमुख विश्वकर्माले मध्यमार्गी प्रस्ताव ल्याउन संस्थापन पक्ष सकारात्मक भएको जानकारी दिए । पार्टीभित्र देखिएको महाधिवेशन विवाद मध्यमार्गी प्रस्ताव ल्याएर समाधान गर्ने प्रयास भइरहेको छ । त्यसका लागि सभापतिज्यूले आह्वान गर्नुभएको छलफल सकारात्मक रुपमा अगाडी बढेको बिकले बताए   ।

बैठकमा सहभागी अर्का एक पदाधिकारीले विवाद निम्त्याउने दुर्व पक्षसँग छलफल गरी मध्यमार्गी तालिका ल्याउने जिम्मेवारी छलफलले सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारीलाई दिएको छ । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकअघि बसेर मध्यमार्गी कार्यतालिका निर्माण गरी बैठकमा पेस गर्ने जिम्मेवारी पनि दिइएको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।

मंसिर ६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै महाधिवेशनबारे देखिएको विवाद अनौपचारिक रूपमा मिलाउन भन्दै मंसिर ११ गते बिहीबारसम्मका लागि स्थगित गरिएको थियो । तर बैठकपछिका ४ दिनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको अनौपचारिक प्रयासमा महाधिवेशनसम्बन्धी विवाद मिल्न नसकेपछि शुक्रबारसम्मका लागि सारिएको थियो ।

  • ११ मंसिर २०८२, बिहीबार १८:५७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU